पश्चिमाञ्चलका काँग्रेस सभासदहरु पर्यटन केन्द्रीत कार्यक्रम गर्ने

काठमाडौं, १६ पुस । पर्यटनलाई केन्द्रविन्दुमा राखेर पश्चिमाञ्चल क्षेत्रको समग्र विकासका लागि कार्यक्रम अघि बढाउने बारेमा सो क्षेत्रका नेपाली काँग्रेसका नवनिर्वाचीत सभासदहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । सो क्षेत्रका नेपाली काँग्रेस पार्टीबाट निर्वाचीत भएका सभासदहरुको ललितपुरमा सोमबार भएको वैठकले पर्यटनलाई केन्द्रविन्दुमा राखेर कृषि, जलस्राोत सहित समग्र विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको हो ।
“अहिले हामी छलफलमा जुटेका छौ, शुरुमा हामी मूलत पर्यटनको विकास र प्रवद्र्धन सहितलाई यसलाई केन्द्रविन्दुमा राखेर कार्यक्रम सहित अघि बढ्नेछौ,” नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका सभासद रामचन्द्र पौडेलले भन्नुभयो । छलफलमा सहभागी कास्की काँग्रेसका सभापति एवं सभासद यज्ञबहादुर थापा र नवलपरासीका सभासद विक्रम खनालले पहिलो चरणमा काठमाण्डौमा पर्यटन सम्बन्धी गोष्ठि गरी कार्यक्रमको थालनी हुने बताउनुभयो ।

सभासदहरु बालकृष्ण खाँड र शंकर भण्डारीका अनुसार पर्यटनलाई केन्द्रमा राखेर कृषि, जलस्रोत र संभावित अन्य विकासमूलक कार्यक्रमहरुका बारेमा छलफल एवं बहस अघि बढाईने बताउनुभयो । काठमाडौंपछि पोखरा र लुम्विनी लगायतका क्षेत्रमा समेत पर्यटन सम्बन्धी छलफल कार्यक्रम अघि बढाइने सभासद रोमीगौचन थकालीले बताउनुभयो । सो छलफलमा काँग्रेस उपसभापति रामचन्द्र पौडेल, बालकृष्ण खाँड, डा. सशांक कोइराला, विक्रम खनाल, शंकर भण्डारी, अर्जुन जोशी, कृष्णबहादुर छम्तेल थापा, रोमी गौचन थकाली, चन्द्रबहादुर कुँवर, यज्ञबहादुर थापा, प्रकाश शर्मा पौडेल र शारदा पौडेल सहितका राजधानीमा उपलब्ध सभासदहरु हुनुहुन्थ्यो ।

कमेन्टहरु
Loading...