Ganthan News Pokhara
All news from Pokhara & around

काँग्रेस महासमिति बैठक पोखरामा गर्न माग

0

पोखरा, ४ साउन /नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

बैठकमा सरकारको अधिनायकवादी र जनविरोधि क्रियाकलाप विरुद्व साउन १५ गते पोखरामा गरिने प्रदर्शनलाई शशक्त र प्रभावकारी बनाउन जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई ३३ वटै वडामा खटाउने निर्णय गरेको छ ।

बैठकले वीपी स्मृति दिवसमा साउन ६ गते आइतबार गर्ने रक्तदान कार्यक्रममा सहभागीता जनाउन सवैलाई आग्रह गरेको छ ।बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

Advertisements
कमेन्टहरु
Loading...