नेपाली काग्रेस वडा इकाई–१७ को समिक्षा बैठक

पोखरा, २२ मंसिर /नेपाली का“गे्रस वडा इकाई समिति–१७ को आयोजनामा वडास्तरिय समिक्षा बैठक शनिवार सम्पनन् भएको छ । कार्यक्रममा नेपाली का“ग्रेसका नेता एंव क्षेत्र नम्बर तीन कास्कीका उम्मेदार सोभियतवहादुर अधिकारी संविधान सभामा क्षेत्र नम्बर तीनवाट आफु पराजय भएपनि सिगो मुलुकमा का“ग्रेसको विजय भएको बताउदै, आफू सदैव जनताको मनमा बसिरहने र जनतालाई सदैव सुख दुःखमा साथ दिने बताए । ‘पार्टीं पहिलो भएर उभिएको छ, उनले भने–‘ हार भएपनि अझ बढी दायित्व र कर्तव्य निर्वाह गर्नुपर्ने अवस्था आएको छ ।’ कार्यक्रममा चुनाव परिचालन समितिका सह–संयोजक एंव जिल्ला सदस्य वीरेन्द्रनारायण विजुक्छेले सम्पुर्ण नेता कार्यकर्ता तथा मतदाताहरुलाई विशेष धन्यवाद दिएका थिए ।
उनले स्थानिय निकायको चुनावमा सम्पुर्ण शक्ति लगाउन आगं्रह गर्दै चुनावको प्राविधिक पराजयवाट विचल्ली नहुन अनुरोध गरे । वडा इकाई सभापति पुण्डरी प्रसाद बरालको सभापतित्वमा पार्टीको वडागत सगठनको र चुनावको समिक्षा गरिएको थियो । कार्यक्रममा भुपती ढकाल, युवक लामिछाने, वोधराज घिमिरे लगाएतको कार्यकर्ताहरुले आफ्नो धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...