निर्वाचनबारे छलफल गर्न कास्की काँग्रेसको बैठक

पोखरा, ६ बैशाख/ नेपाली काँग्रेस कास्कीको बैठक मङ्गलबार बसेको छ। बैठकमा नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टीले अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भएको छ।

बैठकले चार वटै क्षेत्रीय समितिको संयुक्त बैठक बसी बैशाख ९ गतेभित्र पोखरा लेखनाथमहानगरपालिको प्रमुख र उपप्रमुखको उमेद्वारको नाम जिल्ला कार्य समितिलाई सिफारिस गर्न निर्देशन दिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

बैठकले महानगरपालिका भित्रका वडाका अध्यक्ष, सदस्य, गाउँपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाभित्रका वडाका वडाध्यक्ष र सदस्यका उमेद्वार बैशाख १२ गतेभित्र टुङगो लगाउन क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ। त्यस्तै बैठकले निर्वाचन केन्द्रीय गतिविधि सञ्चालन गर्न पार्टीका सवै निकायलाई निर्देशन दिएको छ। बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।

कमेन्टहरु
Loading...