तिहारको वेवस्ता गर्दै क्षेत्र नम्बर ३ को प्रचारप्रसार जारी

पोखरा १७ कात्र्तिक /हिन्दु नेपालीहरुमो महान दोस्रो पर्व जारी रहे पनि उम्मेदवारहरु भने भोट माग्न मै व्यस्त छन । मंसिर ४ गते हुने दोस्रो संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो परेको हो । यसैविच नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले पनि घरदैलोलाई जारी राखेको छ । घरदैलो अन्र्तगत आइतबार भरतपोखरीको वडानम्बर २ र ३ मा पुगेको छ । उम्मेदवार शोभियत बहादुर अधिकारी सहितको टोलिले भरतपोखरीका वडाहरुमा पुगी प्रचारप्रसारलाई तिव्रता दिएको हो । घरदैलोका क्रममा भरतपोखरीवासीले अधिकारीलाई पुर्ण रुपमा समर्थन गर्ने प्रतिवद्धता जनाएको पुर्व क्षेत्रिय सभापति विरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो । जनताका घरदैलोमा उम्मेदवार पुग्दा जनतामा खुशियाली छाएको बताउदै अधिकारीको समर्थनमा जनलहर नै देखिएको बताउनुभयो । घरदैलोका क्रममा स्थानियहरुले विकास तथा आर्थीक उन्नतीलाई जोड दिनुपर्ने माग राखेको बताउनुभयो । घरदैलोका क्रममा स्थानिय विकासमा बढि माग भएकाले यसको पुरा नेपालीले कांग्रेसले मात्र गर्छ विजुक्छेले भन्नुभयो ।

कांग्रेस नै विकासको सम्भवक भएकाले रुख चिह्नमा भोट दिए मात्र पुग्छ उहाँले भन्नुभयो । त्यसैगरि उम्मेदवार अधिकारीले स्थानियलाई चुनाव जितेर गए पनि जनता कै साथ रहने प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँले क्षेत्र ३ बाट गत संविधान सभाको निर्वाचनमा विजय भएर गएको उम्मेदवारले विकास निर्माणको कार्यमा जोड नदिएको भन्दै आफुँले गरेरै छाड्ने दावी गर्नुभयो । घरदैलोका क्रममा स्थानिय आमा तथा युवाहरुले अधिकारीलाई स्वागत गरेका थिए । घरदैलो कार्यक्रममा प्रचारप्रसार सहसंयोजक केशव निर्दोशि, सन्त बहादुर पुन, बाबुराम अधिकारी, लगायतको सहभागीता थियो ।

कमेन्टहरु
Loading...