‘कर हैन स्वामी छ, संघियताले देखायो रमिता’ -नेता चित्रबहादु केसी

पोखरा, १५ असोज / राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपालले संघियता नै धान्न नसक्ने दोहोराएकका छन् । राष्ट्रिय जनमोर्चा कास्कीले पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै केसीले संघियताले जनतालाई करको भारी बोकाएको बताए ।

नेता केसीले अहिले जनताले संघिएताका भारी भएको बुझिसकेको बताए । उनले जनताले ‘कर हैन स्वामी छ, संघियताले देखायो रमिता’ भन्ने बुझि सकेको बताए ।

गणतन्त्र, राष्ट्रियता धर्मनिरपेक्षताको रक्षा गरौ, करवृद्धि, महङगी, भ्रष्टारको विरोध गरौं, संघिताको खारेज गरौ भन्ने नाराको साथ आयोजना भएको कार्यक्रमा नेता केसीले एउटा नेपाललाई ७ वटा बनाउन जनता कै थाप्लोमा ऋण थुपरीको बताए । उनले संघिता असफल हुने समेत बताए ।

उनले संघिताले पहिले ५० रुपैयामा पाइने सामग्री अहिले १ सय ५० पुगेको बताए । गणतन्त्रको रक्षा गर्ने जिम्मा दुई ठुला पार्टी नेकपा र नेपाली काग्रेसको भएको बताए । उनले हिन्दुधर्मका नाममा राजा फर्काउने चलखेल समेत भएको दावी गरे ।

कमेन्टहरु
Loading...