छिमेकी सँगको सम्बन्ध सुधार प्राथमिकतामा – उपप्रधानमन्त्री निधि

सागर राज तिमिल्सिना
पोखरा, २८ साउन/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकाले संविधान कार्यन्वयन, भुकम्प पछिको पुननिर्माण र छिमेकी राष्ट्रहरु सँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताएका छन् ।

छिमेकी सँगको सम्बन्ध सुधार प्राथमिकतामा – उपप्रधानमन्त्री निधि
छिमेकी सँगको सम्बन्ध सुधार प्राथमिकतामा – उपप्रधानमन्त्री निधि

कास्कीको लेखनाथमा शुक्रबार स्व राम्जी पौडेल वादलको स्मृति सभालाई संवोधन गर्दै उपप्रधान तथा गृहमन्त्री निधिले सरकाले संविधान कार्यन्वयन, भुकम्प पछिको पुननिर्माण र छिमेकी राष्ट्रहरु सँगको संवन्ध सुधारलाई प्राथमिकतामा राखेकोमा जोड्दिए ।

अघिल्लो सरकारले आन्दोलनरत मधेसी मोर्चा तथा आदीवासी जनजातीका मुद्वालाई वेवास्ता गरेका कारण संविधान कार्यन्वयनमा अवरोध आएकाले संविधान कार्यन्वयनका लागी नेपाली काङग्रेस, नेकपा माओवादी केन्द्र र मधेसीमोर्चा सहितको समिकरण वनाएर अगाडी वढ्नुपरेको उनको भनाई थियो ।

तराई मधेस, थारु तथा अदिवासी जनजातीले उठाएका मागलाई संवोधन गर्न संविधानमा आवस्यक संसोधन गरी संविधान सर्व स्विकार्य वनाउने उपप्रधानमन्त्री निधिले वताए । त्यस्तै आन्दोलनरत मोर्चा सँग सीमाकंन सहमति तथा स्थानिय तहको पुनसंरचना र आवश्यक कानुन निर्माण गरी तोकीएको समय भित्रै सवै तहको निर्वाचन पुरा गर्नुपर्ने बताए ।

दुई उपप्रधानमन्त्रीलाई चिन र भारत पठाउने मन्त्रीपरीषदको निणर्यले छिमेकी राष्ट्र भारत सँग विग्रीएको संवन्धमा सुधार हुने उपप्रधानमन्त्री निधिले बताए । नेपाली कांग्रेस कास्कीका स्थानिय नेता स्व राम्जी पौडेल वादललाई एक वर्ष अगाडी हत्या गरेका थिए । स्मृति सभामा राम्जी पौडेल वादलका वारेमा लेखीएको स्मृति दर्पण पुस्तक समेत विमोचन गरीएको थियो ।

कमेन्टहरु
Loading...