विवेकशील साझाः जिल्लामा छैन फुटको असर

पोखरा, २९ पुस/विवेकशील साझा पार्टीका सँयोजक मध्येका एक उज्जल थापा सहित केहि केन्द्रीय सदस्यहरुले पार्टी छोडेको भन्दै बखुण्डोलको पार्टी कार्यालयमा पत्रकार भेटघाट चलिरहेको थियो । विधिवत रुपमा उज्जवल थापाहरुले पार्टी छाडेको जानकारी अर्का सँयोजक रवीन्द्र मिश्रले गराउँदै थिए ।

यसले वैकल्पिक शक्ति निर्माणको अभियानमा केहि असर गरेको प्रतिक्रिया दिए उनले । यद्यपीयता कास्कीम ाभने सोहि समयमा विवेकशील साझा पार्टीका सदस्यहरु अर्कै कार्यक्रममा व्यस्त थिए । विवेकशील साझा पार्टी फुटको असर जिल्ला स्तरमा भने देखिएन ।

कास्कीका विवेकशील साझा पार्टीका सदस्यहरु केन्द्रमा पार्टी टुक्रिरहँदापनिआपसमामिलेर अन्तरक्रियामा सहभागी भैरहेकाथिए । उनीहरु सूचनाको हक सम्बन्धितालिममा सहभागिभएर सो विषयमा जानकारी लिई रहेका थिए । डा. एन. डी. सुवेदीले विवेकशील साझा पार्टी कास्कीका सदस्यहरुलाई सूचनाको हक र प्राप्तगर्ने तरिका सिकाउँदै थिए ।

कार्यक्रममा विवेकशील साझा पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारी समेत सहभागीभए । उनले जिल्लास्तरबाट गरिएको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउन सल्लाहदिए । साथै उनले वैकल्पिक राजनीतिको यात्रामा दृढ भएर अगाडि बढ्न सबै सदस्यहरुलाई हौसलाप्रदान गरे ।

आफ्ना सदस्यहरुलाई हरेक तवरले सक्रृय बनाईराख्नकालागिविवेकशील साझा पार्टी कास्कीले हरेक शनिबार यस्तै तालिमतथाअन्तरक्रियाकार्यक्रमहरु गर्ने जनाएको छ । प्रत्येक शनिबार नयाँ नयाँ विषयमा अन्तरक्रिया तथा अभियान संचालन गर्नका लागि पार्टीले दीपकपौडेललाई कार्यक्रम सँयोजकको रुपमाचुनेको छ ।

‘हामीले यो अभियानलाई निरन्तरतादिनकुनै हालतमाचुक्नेछैनौँ ।’ कार्यक्रम सँयोजकदीपकपौडेलले भने–‘पार्टीले बनाउने वार्षिक क्यालेन्डर मै हरेक शनिबार हुने कार्यक्रमको जानकारी गराउने गरि हामीले कामथालेका छौँ ।’ उनले यस्ता कार्यक्रमले पार्टी सदस्यमाउर्जा भर्ने भएकोले आफूहरुले यसलाई विशेष स्थानदिएको प्रस्ट्याए । विवेकशील साझा पार्टी कास्कीका सदस्यहरुले जिल्लास्तरमा फुटको कुनै असर नरहेको सन्देश समेत दिएका थिए ।

कमेन्टहरु
Loading...