भुइँचालोले नेकपाको घर चर्किने छैनः मन्त्री भट्टराई

पोखरा, १५ फागुन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो भूकम्प जाँदैमा नेकपाको घर भत्किने बताएका छन् । बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उनले नेकपा सानोतिनो भूकम्पले चर्किने घर नभएको बताए ।

उनले कहि अलिकति चर्कि हाल्यो भने पनि इन्जिनियरहरुले रेक्टो फिटिङ गर्ने बताए । मन्त्री भट्टराईले पार्टीरुपी घर कतै सामान्य चर्किएको भए पनि नेकपाभित्र धेरै इन्जिनियर रहेकाले सकुशल घर ठड्याउने बतााए ।

http://https://www.youtube.com/watch?v=IOib_nM_9ZU

बुधबार पार्टी सचिवालय बैठकमा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने भनी भएको निर्णय र त्यसमाथि प्रधानमन्त्रीले व्यक्ति गरेको प्रतिक्रियाबाट उत्पन्न परिस्थितिबाट विचलित नहुन नेता भट्टराईले आग्रह गरे । उनले नेकपा ५ वर्षपछि सडकमा नआउने बताउदै ५ वर्षपछि पनि सिंहदरबारमै र सत्ता मै हुने ठुकुवा गरे ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना हुदाँ ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बिहीबार नै पोखरा १८ ग्यारेजाती जामुनबोटमा निर्माणाधिन शहीद स्मृती पार्कमा शालिकको अनावरण गरिएको छ । अधिकारीको शालीकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पछिल्ला राजनीतिक घटनाक्रमले जनतामा आक्रोश उत्पन्न भएको टिप्पणी गरे । पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने र प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्न लागिएको घटनाप्रति लक्षित गर्दै उनले एउटा ब्यक्तिका कारण सिंगो पार्टीले बदनामी कमाउने अवस्था सिर्जना नगर्न पार्टी नेतृत्वलाई सुझाए । उनले दुई तिहाईको मात लाग्यो भने १५ सालको काँग्रेसको अवस्था नेकपाको पनि हुने बताए ।

http://https://www.youtube.com/watch?v=ZL2dp4PIKwI

उनले प्रदेश र संघ सरकारमा थोरै पनि तलमाथी भयो भने, त्यो फेरिन सक्छ । जनताले त ५ बर्ष चलाओस् भनेर दुई तिहाई दिएको उनको भनाई थियो । पार्कको माथील्लो भागमा अधिकारीको पूर्ण कदको रंगीन शालिक राखीको छ । अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

कमेन्टहरु
Loading...