प्रदेश ४ अनुगमनः यातायात कार्यालय सेवाग्राही मैत्री बनाउन कानुनमन्त्रीको र्निदेशन

पोखरा, २२ फागुन/आफ्नो मातहत भएका सरकारी तथा दैनिक जनचासोका कार्यालयहरुमा प्रदेश सरकारले अनुगमन तथा निरिक्षण सुरु गरेको छ । संघियता र्निमाण भएपछि सरकारी कार्यालयमा देखिएको अन्योलता हटाउन र कर्मचारी र जनताको मनोबल बढाउनको लागि प्रदेश ४ ले अनुगमन तथा निरिक्षण सुरु गरेको हो ।

मंगलबार यातायात ब्यबस्था बिभागको सवारी कार्यालयमा प्रदेश नं ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले अनुगमन गरि कर्मचारीहरुलाई र्निदेशन दिएका छन । अहिले मुलुकमा संघियता कार्यान्वयन भएको अबस्थामा कर्मचारीहरु लाई के कसरी काम गर्ने भन्ने बिषयमा अन्यौलमा नबस्न उनले सो क्रममा र्निदेशन दिए ।

केन्द्रीकृत सासन प्रणाली अन्र्तगत उत्तरदायि भैरहेको सेवा प्रबाहलाई अब प्रदेश मातहत ल्याउने क्रम सुरु भएकाले र्निधक्क भएर काम गर्न उनले र्निदेशन दिएका हुन । प्रदेशले खासगरि राजस्व संकलन हुने कार्यालयहरुमा जनताले सहज रुपमा राजस्व कसरी तिर्न सक्छन भन्ने बिषयमा खाका ल्याउन पनि मन्त्री चुमानले कर्मचारीलाई आग्रह गरेका छन । अहिले प्रदेश ४ मा दैनिकजसो सडक दुर्घटनामा मानिसहरुको ज्यान गएको भन्दै उनले हतियारबद्ध जनयुद्धमा भन्दा १५ गुणा बढी सडक दुर्घटनामा ज्यान गुमाउने औसत बढी हुनु गम्भीर बिषय भएको बताए ।

अनुगमनका क्रममा कार्यालय प्रमुख अच्युतराज रेग्मीले कार्यालयको अबस्थाको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । उनले कार्यालयमा आउने सेवाग्राहीले बैकबाट सिधै राजस्व दाखिला गर्ने सिष्टमकोे बिकास गर्न सकीने जानकारी दिए । अहिले यातायात ब्यबशायिहरुले नयाँ सवारी दर्ता गर्न माग गरिरहेको र पोखराको अबस्था हेरेर मात्र दर्ता दिने गरेको उनले बताए । खुल्ला प्रतिष्पर्धाका कारण नयाँ दर्ता र रुट दिन्न भन्न नपाईने भएका कारण यातायात ब्यबस्थापनमा समस्या आएको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...