यातायात व्यवसायीको वार्ता आज पनि, गाडी भने चल्ने

पोखरा, २७ पुस /ट्याक्सी ब्यवसायीको आन्दोलनलाई समर्थन गर्दै यातायात ब्यवसायीहरुले दिएको साथ शुक्रबारबाट गाडी चलाएरै दिने भएका छन् । बिहीबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी नचलाउने गरेर व्यवसायीहरु आन्दोलनमा थिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमा व्यावसायी र प्रशासन बिचको वार्तामा सहमति नभए शुक्रबार वार्ता गर्ने सहमति भएको छ । मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेपछि बुधबार विहानै ब्यवसायीहरुले आन्दोलन गरेका थिए ।

आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै ब्यवसायीहरुले बिहीबार गाडी बन्द गर्ने निर्णय गरेका थिए । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई यातायात ब्यवसायीहरुले पनि समर्थन गरेका थिए । आजबाट बस पनि चलाउ छौ वार्ता पनि गर्ने छौ पोखरा बस व्यवसायी समितिका सचिब अमृत तिमिल्सिनाले जानकारी दिए । ट्याक्सी भने वार्ता सफल नभए सम्म नचालउने व्यवसायीले बताएका छन् ,

कमेन्टहरु
Loading...