महिला पर्यटन ब्यवसायि मञ्चका (वोटेफ) सदस्यलाई लैगिंक हिंसा विरुद्ध सचेतना

पोखरा, १९ मंसिर/ महिला पर्यटन ब्यवसायि मञ्च (वोटेफ)का सदस्यलाई एक दिने लैङ्गिक हिंसा विरुद्धको सचेतना तालिम प्रदान गरिएको छ ।
पर्यटन क्षेत्रमा महिलालाई शसक्त बनाउँदै ब्यवसायिक रुपमा स्थापित गराउनकालागि आत्मविश्वास बढाउने उद्देश्यले सचेतना तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले समतामुलक समाजकालागि महिला पुरुष दुबैको समान सहभागिता र साझेदारी आवश्यक रहेको बताए ।

हिंसाले विकासको बाधक भएकाले हिंसा र विभेद विरुद्ध महिला पुरुष हातेमालो गरेर अघि बढ्नु पर्ने बताए । उनले पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै जानु सकारात्मक भएको भन्दै महिला अधिकार प्रति सचेत हुदै ब्यवसायिक पहिचानका साथ संगठित रुपमा अघि बढ्नु पर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का महासचिव दिलप्रसाद गौतमले सामाजिक न्यायकालागि महिला पुरुष दुबैको समान सहभागिता आवश्यक रहेको बताए । उनले भने सामाजिक परिवर्तन क्षेत्रमा महिला पुरुषको सहअस्तित्व आवश्यक छ ।

वडा नं ६ का कार्यपालिका सदस्य पुष्पा पहारीले कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा हिंसा र अपराधले प्रश्रय पाएको बताइन् । उनले महिला सचेत र आत्मनिर्भर हुँदै गए हिंसा विरुद्ध लड्न आत्मविश्वास बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारीले महिलामाथि बढ्दै हिंसाको सामाजिक चुनौतिको विषय बनेको धारणा राखीन् । उनले हिंसाको कारण बुझेर त्यसको न्युनिकरण तर्फ ध्यान दिनुपर्ने बताइन् ।

सो सचेतना तालिममा इन्सेकका कार्यक्रम संयोजक सबनम शर्मा र सञ्चारिका समुह नेपाल, गण्डकी प्रदेशका अध्यक्ष जमुना वर्षा शर्माले महिला हिंसा र अधिकारको विषयमा सहजीकरण गरेका थिए ।

मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती पाण्डे र संचालन सचिव उमा भण्डारीले गरेकी थिइन् । धन्यवाद ज्ञापनका संयोजक मञ्जु कार्कीले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...