विश्व पर्यटन दिवसमा पोखरामा पर्यटकलाई स्वागत, साझँ मिनि सडक महोत्सव

सागर राज तिमिल्सिना
पोखरा, ११ असोज/३७ औं विश्व पर्यटन दिवसका अवसरमा पोखराका पर्यटन व्यवसायीले पोखरा विमानस्थलबाट आएका पर्यटकहरूलाई स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटनसम्बद्ध संघ संस्थाले पर्यटकहरुलाई अबिर माला र बाजागाजाले स्वागत गरे ।

विश्व पर्यटन दिवसमा पोखरामा पर्यटकलाई स्वागत पछि पञ्चेबाजामा नाच्दै । तस्विर ः प्रदिप पौडेल
विश्व पर्यटन दिवसमा पोखरामा पर्यटकलाई स्वागत पछि पञ्चेबाजामा नाच्दै । तस्विर ः प्रदिप पौडेल

प्रत्येक वर्षको विश्व पर्यटन दिवसका अवसरमा पोखरा झर्ने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने प्रचलन अनुरुप कोरियाबाट आएका को यङ हि, किम योङ एन र काङ योङ एनलाई उपहार प्रदान गरे ।

विशेष बाजागाजा सहित सांस्कृतिक प्रस्तुतीका साथ गरिएको स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जिवी पोखरेल, महासचिव रामु गौतम, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलय पोखराका प्रमुख डोलराज ढकाल लगायतले पर्यटकलाई माला लगाएर स्वागत गरेका थिए ।

विश्व पर्यटन दिवसका अवसरमा काठमाडौंबाट पोखरा हवाई मार्ग एवम् स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत गर्ने प्रचलन अनुरुप आज स्वागत कार्यक्रम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताए ।

विश्व पर्यटन दिवसकै पोखमा पर्यटक बसबाट पोखरा आउने पर्यटकलाई पनि स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसै गरि साझँ रेवान पोखराको आयोजनामा पोखराको लेकसाइडमा एक दिने मिनि सडक महोत्सव आयोजना गरेको छ ।

कमेन्टहरु
Loading...