महिला र मताधिकारको इतिहास (हेरौ विश्वको रुप रेखा)

सर्बप्रथम १६०० इस्वीमा संस्थागत रुपमा महिलाहरुलाई भोट राख्न दिनु पर्दछ भन्ने माग उठ्यो । यस बिचारको शुरुवात पुरुष जातिले गरे पनि आन्दोलनको नेतृत्व महिलाले गरेका थिए । अमेरिकामा यस विचारको उतारचढाब ई.सं. १८४८ बाट शुरु भएको हो । अधिकार लिनका लागि हिंसात्मक गतिबिधि पनि भएको थिए ।

इस्वी संवत १८९३ मा न्युजिल्याण्डको आमचुनावमा पहिलो चोटी महिलाले निर्वाचनबाट भोट राख्ने अधिकार पाए । हाल बिश्वका मुलुकहरुमा प्रायः महिलाले भोट राख्ने अधिकार पाएका छन् । महिलाहरु छोरी, श्रीमती, आमा, दिदी बहिनी , भाउजु नन्द अमजु मात्र होइनन् । उनीहरुलाई उनीहरुको व्यक्तिगत अधिकार र सरकार चलाउने अधिकार पनि हुनु पर्दछ ।

महिलाहरुलाई कुनै अधिकार दिन हुन्न भन्ने धारणा विपरित सघर्ष गर्दै आएको यो विचारले अहिले अरु विस्तारितसमेत भएको छ । कुन देशमा कहिलेबाट महिलाले मतदान प्राप्त गरे भन्ने जानकारी निम्न रुपमा पाइन्छ । नेपालमा महिलाहरुले मताधिकार पाएको वर्ष सन १९५१ अर्थात २०१५ सालको आमनिर्वाचनमा भएको थियो ।

श्रोतः वल्र्ड बुक्स इन्साइकोलोपेडिया । संकलक अधिवक्ता विश्व घिमिरे

woman

कमेन्टहरु
Loading...