पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्ष सम्म उपकुलपति नियुक्ति नहुदा काम हुन सकेन

सागर राज तिमिल्सिना
पोखरा, १५ मंसिर/पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने काम करिब एक वर्ष भई सक्दा सुरु हुन सकेको छैनन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति नहुदा प्रतिष्ठान बनाउने कामले गति लिन नसेको हो । व्यवस्थापिका संसदबाट प्रतिष्ठान पारित भएर राष्ट्रपतिबाट गत पुषमा नै प्रमाणीकरण भइसकेको भएमा पनि काम भने अगाडी बढ्न सकेको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति नहुदा काम अगाडी बढ्न नसकेको पश्चिमाञ्चल क्षेत्रअस्पाताल पोखराका सुपरिटेन्डेन डाक्टर श्रीकृष्ण श्रेष्ठले बताए । उपकुलपति नहुँदा प्रतिष्ठानको कुनै पनि संरचना बन्न सकेको छैन भने शैक्षिक लगायत क्रियाकलाप सुरु गर्न नसेको उनको भनाई छ ।

उपकुलपति तोकिदिए भौतिक पूर्वाधारलगायत काम पनि सुरु हुने उनको भनाइ छ। उनले अस्पतालमा अहिले विशेषज्ञ डाक्टरको आभव भएको भन्दै प्रतिस्ठानको स्थापना पछि दक्ष जनसक्ति उत्दान हुने बताए । प्रतिष्ठानमा पोस्टग्राजुयट अर्थात् मास्टर डिग्रीमा डाक्टर इन मेडिसिन र सर्जरी लगाएतको पढाइ हुने बताए । उनले स्वास्थ्य मन्त्री गगन थापालाई उपकुलपति नियुक्तीका लागि अनुरोध गरेको बताए । स्वास्थ्यमन्त्री एक सातामा नियुक्ती गर्ने आस्वासन दिएको बताए ।

सहकुलपतिका हैसियतले स्वास्थ्य मन्त्रीले कुलपति एवं प्रधानमन्त्रीसमक्ष उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । २०१२ सालमा सैनिक अस्पतालबाट सुरु भएको यो अस्पताल २०१९ मा जिल्ला, २०३२ मा अञ्चल र २०४३ सालमा क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति भएको छ । ५ सय बेडको अनुमती पाए पनि भौतिक पुर्वाधारको कमिले अहिले ३ सय ५० बेडबाट सेवा दिदै आएको छ ।

कमेन्टहरु
Loading...