पश्चिमाञ्चल क्षेत्रीय अस्पताल एक दिनका लागि इमर्जेन्सी बाहेकका सेवा बन्द हुने

पोखरा, ११ असार / कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्ने भएको छ ।

एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित पुरुषको मृत्यु पछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

शव व्यवस्थापन गर्दा संक्रमण फैलिन सक्ने हुँदा एक दिनको लागि ओपीडी बन्द गर्न लागिएको उनले बताए ।

स्याङजाको सिरुवारी घर भएका एक पुरुषको गए राति ११ बजेर ३५ मिनेट जाँदा कोरोना संक्रमित पुरुषको ज्यान गएको थियो ।

उनको शव व्यवस्थापनको तयारी भई रहेको निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।

कमेन्टहरु
Loading...