पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा गम्भिर लापरबाहीः महिलाको मृत्यु

पोखरा, १७ वैशाख /पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछी मृतकका आफन्त आक्रोशित बनेका छन्. ।

पेट पोलेर अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि आएकी पोखरा कुडँहर निवासी ४७ बर्षिय पार्वती बिश्वकर्माको उपचारको क्रममा अस्पतालमा सोमबार मृत्यु भएको हो । अस्पतालको चरम लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका हुन् ।

बिश्वकर्मालाई सोमबार बिहान करिब १२ बजे उनको माइती पोखराको घारिकुलोवाट उपचारका लागि अस्पताल लगिएकोमा दिउसो २ बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतकका छोरा अमृत बहादुर बिश्वकर्माका अनुसार आमाले पेट पोल्यो भनेपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगेको बताए ।

‘बिहानको खाना खाएर संगै हास्ने बोल्ने गरिरहेका बेला आमाले पेट पोल्यो भन्नुभयो, ग्यास्टिकको कारणले होला भन्दै आमाकै अनुरोधमा उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगेका हौ,’ उनले भने ‘ सामान्य उपचार पछी घर फिर्ता लाने भनिरहेका थियौ, अस्पतालले लापरबाही गरेर ज्यानै लियो ।’ आमाले नै पश्चिमाञ्चल अस्पताल जाम त्यहाँ मेरो चिनेको मान्छे छ भनेर गएको उनले बताए ।

‘आमालाई आकस्मिक कक्षको बेडमा राखेर म औषधि किन्न बाहिर गए,’ बिश्वकर्माले भने – ‘औषधि लिएर आउदा एकजना महिला डाक्टर आएर हचुवाको भरमा नर्सलाई स्टक औषधि ठोक्दे भनिन, सुई लगाएपछि आमाले यिनीहरुले मलाई मार्ने औषधि दिए म मर्ने भए भनेको एकछिनमै आमाको मुखबाट फिज आयो लगतै आमाको मृत्यु भयो ।’

अस्पतालमा ठुलो डाक्टर कसैले नहेरी बिना चेकजाँच हचुवाको भरमा निर्दयी तवरले औषधि चलाएर अस्पताले आफ्नी आमाको ज्यान लिएको दाबी गर्दै बिश्वकर्माकाले पुलिस प्रशासन पनि आफुहरुलाईनै आएर धम्क्याउने गरेको गुनासो गरे । अस्पतालले चरम लापरबाहीका कारण मान्छेको ज्यान लिने गरेको भन्दै उनले मान्छे मार्ने अस्पताल खोल्न भन्दा बन्द गर्न चेतावनी दिए । मेरो अभिवाबक भनेकै मेरो आमा हुन् बाले सानैमा छाडेर गए , सामान्य बिरामी भएर ल्याएकी मेरी आमालाई अस्पतालले हत्या गर्यो,’ उनि भाबुक हुदै भने ।

अस्पताल प्रशासनले घरि आमाको हुदै नभएको रोग देखाउने घरि उपचारमा को संलग्न थियो भन्ने नै थाहा छैन भन्ने खालको गैर्ह जिम्मेवार अभिव्यक्ति दिने गरेको र जवरजस्ती लाश बुझ्न प्रेसर दिएको बिश्वकर्माकाले बताए । उपचारमा संलग्न रहेका डाक्टर तथा नर्सलार्इ अस्पतालले भगाएको उनले दाबी गरे ।

मृतक आमाको शबलाई पोष्टमार्टमका लागी अस्पतालमै राखिएको छ । मृतक महिलाको दुइ छोरा रहेकोमा एक बैदेशिक रोजगारको शिलशिलामा कतार रहेको उनका आफन्तले बताए । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले बेलाबेलामा बोलि फेरेको, बिरामीको बारेमा बुझ्दै नबुझी आएर हचुवाको भरमा कहिले बिरामीको कुन रोग कहिले कुन रोग देखाउने गरेको र बिरामीको मृत्यु हुदाँ समेत मानबिय समबेदनालाई समेत ख्याल नगरी डाक्टरहरु हासेर टार्ने गरेको भन्दै मृतकका आफन्त पुर्णिमा गुरुङले आक्रोश पोखिन ।

यस बिषयमा बुझ्न खोज्दा अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले बिरामीमा स्वासप्रस्वास समस्या ,उल्टी हुने आदि जस्ता समस्या रहेकोले हरसम्भव उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएको बताए । आचार्यले क्रोनिक बिरामी भएकोले रोगकै कारण बिरामीको मृत्यु भएको भदै अस्पतालको लापरबाही नभएको दाबी गरे । साभारः पोखरा न्युजडटकमबाट

कमेन्टहरु
Loading...