कुमारी बैंकका सेवाग्राहीलाई युआरएलमा २५ % छुट

पोखरा, २५ असोज / कुमारी बैंक लिमिटेड र पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बीच सेवामा

सहुलियता दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा

शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् ।

बैंकका सेवाग्राही, कर्मचारी, सेयरधनी र सञ्चालकले युआरएल हुने सबै प्रकारका रक्त परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् ।

यो सम्झौता २ वर्षसम्म मान्य हुने बताइएको छ । बैंकका पोखरा शाखा प्रबन्धक राणाले सेवाग्राहीलाई सुविधा दिन यस प्रकारको

सम्झौता भएको बताए । देशभर कुमारीका ९० शाखा र करिब ३ लाख सेवाग्राही छन् ।

युआरएललका प्रबन्ध निर्देशक पन्तले विभिन्न संघ, संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय

सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए । युआरएलले यसअघि २२ वटा संघ, संस्थासँग यस्तो सम्झौता गरिसकेको छ ।

कमेन्टहरु
Loading...