अन्तराष्ट्रिय उपभोत्ता अधिकार दिवसमा प्रचा वितरण

पोखरा, ३ पोखरा /अन्र्तराष्ट्रिय उपभोतmा अधिकार दिवसको अवसरमा उपभोतmा मञ्च कास्कीले शुक्रबार सचेतना सडक प्रचा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  उपभोतmाहरुलाई सामान किन्दा सचेत रहाँै भन्दै ११ बुदेँ अपिल सहितको प्रचा वितरण गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गगां बहादुर क्षेत्रीले प्रचा वितरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
मानव अधिकार चोकबाट शुरु भएको प्रचा वितरण कार्यक्रम महेन्द्रपुल ,चिप्लेढुगां, न्युरोड ,पृथ्वीचोक लगायतका क्षेत्रका उपभोतmाहरुलाई सामान किन्दा सचेत रहनु भन्दै वितरण गरिएको थियो ।

प्रचामा उपभोतmाहरुले सामान लिदाँ मुल्य सुची वा वस्तुको लेभलमा अंकित मुल्य हेरि सामान खरिद गरौँ,सामानको नाप तौल उल्लेख छ छैन हेरौँ,उत्पादन मिती र उपभोग गर्न योग्य मिती हेरेर खरीद गरौँ ,सामान को बिल लिने गरौँ, गुणस्तरमा ध्यान दिउँ,अनुचित व्यापारिक क्रियाकलाप भएको देखेमा जिल्ला प्रशासनमा उजुरी गरौँ, गैरकानुनी नेटवर्कीङ व्यवसाय ,उपहार चिठ्ठामा नफसौँ लगायतका सचेतनात्मक बुदाँ रहेका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उपभोतmाहरु हामी सबै भएका कारण सामान लिदाँ दिदाँ बिल लिने र दिने बानीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले व्यापारी उ आफु पनि उपभोतmा हुने हुदाँ उपभोतmा आफैमा सचेत हुन आवश्यक रहेको बताउनुभयो । उपभोतmाका मञ्च कास्कीका अध्यक्ष कपिल नाथ कोइरालाले उपभोतmाहरु सचेत भए मात्रै उपभोतmा नठगिने हुदाँ प्रचा विततरण कार्यक्रम गरेको बताउनुभयो ।

कमेन्टहरु
Loading...