पोखरामा ट्राफिक सचेतना जगाउद ट्राफिक प्रहरी

पोखरा १२ वैशाख /सवारी दुर्घटना न्युनीकरण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय कास्कीले सचेतना अभियान सञ्चालन गरेको छ ।

पोखरामा ट्राफिक सचेतना जगाउद ट्राफिक प्रहरी
पोखरामा ट्राफिक सचेतना जगाउद ट्राफिक प्रहरी

अभियानमा ट्राफिक प्रहरी, जनपद प्रहरी, शिक्षक, यातायात ब्यवशायी, यातायात मजदुर संगठन तथा संघ सस्था, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले उक्त अभियानमा सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए ।

अभियान अन्तर्गत आइतबार एकै समयमा कास्कीको विभिन्न सात स्थानमा सवारी दुर्घटना न्युनी करण तथा ट्राफिक नियमको वारेमा जानकारी दिएको थियो । अभियानमा सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी दिइएको थियोभने सवारी दुर्घटना न्युनीकरण सम्बन्धी विभिन्न पर्चा तथा स्टीकरहरु वितरण गरिएको थियो ।

अभियान अन्तर्गत कुंडहरचोक औधोगिक क्षेत्र, छोरेपाटनको डेविड फल्स, पावरहाउसको गगन गौडा, भ्युप्वाइन्ट वैदाम, बगरको याम्दी, डांडाको नाकको पुरानो चौकी र वसपार्क मोडमा ट्राफिक नियमको बारेमा जानकारी दिइएको थियो । अभियानमा कुडहरचोक औधोगिक क्षेत्रमा प्रहरी हवल्दार राजु थापा, छोरे पाटनको डेविडफल्समा प्रहरी सहायक निरीक्षक बिष्णु पल्ली मगर, पावरहाउसको गगनगौडामा प्रहरी हवलदार रुद्र मल्ल, वैदाम भ्युप्वाइन्टमा प्रहरी नायव निरीक्षक भिमराज वली, वगरको याम्दीमा प्रहरी नायव निरीक्षक राजेन्द्र कार्की, डाडाको नाक पुरानो चौकीमा प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाट र वसपार्क मोडमा प्रहरी नायब निरीक्षक शिव थापाको नेतृत्वमा उक्त अभियान सम्पन्न भएको थियो ।

पछिल्लो समय सवारी दुर्घटनाहरु बढ्दै गएको र सवारी चालकहरुलाई सवारी नियमको बारेमा जानकारी दिनका लागी ट्राफिक प्रहरी मात्र नभइ विभिन्न क्षेत्रका मानिसहरु संग मिलेर यो अभियना सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रशासन प्रमुख प्रहरी सहायक निरीक्षक पुर्ण अधिकारीले वताए । विभिन्न संघ सस्थाको सहकार्यमा सवै जना मिलेर ट्राफिक नियमको बारेमा सवारी चालकलाई जानकारी दिदा यसले दुर्घटना न्युनीकरणमा सघाउ पुग्ने अधिकारीले वताए ।

कमेन्टहरु
Loading...