तिमिल्सिना समाजको शुभकामना तथा सम्मान पोखरामा

पोखरा, २४ असोज/रामघाट तिमिल्सिना समाज पोखरालाई विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जग्गादाता, वृद्धवृद्धालाई, विभिन्न शैक्षिक श्रेणी पास गर्नेलाई तिमिल्सिना बंशावली खोज समितिका निर्देशक गंगाधर तिमिल्सिनाले सम्मान्न गरे ।

उनले मद्गल्या ऋषिको बंश, उत्पतीबारेमा चर्चा गर्दै विजया दशमी तथा दिपावलीको शुभकामना दिएका थिए । कार्यक्रममा रामघाट तिमिल्सिना समाजको भवन निमार्णका लागि निःशुल्क जग्गा प्रदान गर्ने पार्वती तिमिल्सिना, ७५ वर्ष पारे गरेका वृद्धवृद्धा र एसएलसी देखि डिग्रि सम्म पास गर्नेहरुलाई सम्मान गरेको थिए ।

विष्णु तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अनिता तिमिल्सिना स्वागत, शिवहरी तिमिल्सिनाले रामघाटको विवरण र विष्णुहरि तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए । समाजका अध्यक्ष तिमिल्सिनाले प्राप्त जग्गामा भवन बनाउने योजनाका साथै मन्दिर ट्रस निर्माण गर्ने योजना रहेको बताए ।

कमेन्टहरु
Loading...