सञ्जालको संयोजकमा वरिष्ठ अधिवक्ता आचार्य चयन

पोखरा, २ असोज/शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीको संयोजकमा वरिष्ठ अधिवक्ता तिलक आचार्य चयन भएका छन् । सञ्जालको असोज १ गते बसेको पहिलो बैठकले बौद्धिक जागरण मञ्चका अध्यक्ष आचार्यलाई संयोजकमा चयन गर्नुका साथै पदाधिकारीको जिम्मेवारी विभाजन गरेको हो ।

सञ्जालका सहसंयोजकमा महिला मानवअधिकार रक्षक सञ्जालकी नन्दकला नेपाली, महासचिवमा इन्सेकका पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल र कोषाध्यक्षमा सचेत नेपालका केशु भूजेल चयन भएका छन् । यसअघि भदौ २८ गते पोखरामा सम्पन्न १० औं साधारणसभाले २१ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।DSC05559

सञ्जालका सदस्यहरुमा सञ्जालका पूर्व संयोजकहरु टेकनाथ बराल, नवदत्त ढुङ्गाना, रामप्रसाद घिमिरे, खगराज आचार्य, विष्णु प्रसाद बराल, मानव तथा प्रकृति स्रोत विकास मञ्चकी जूनाकुमारी गुरुङ, कम्यूनिटी सपोर्ट ग्रुपकी माया गुरुङ, आमामिलन केन्द्रकी इन्दिरा पौडेल, ल्याक कास्कीका सरीता थापा, कोक्यापका दीपक विक, गोनेसाका रामप्रसाद सुवेदी, जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिका ढाकाराम पौडेल, सुशासनका लागि नागरिक समाजका श्याम कुँवर, पत्रकार महासंघका बद्रीविनोद प्रतीक, परिवर्तन नेपालका राज थापा, गैसस महासंघका कृष्णप्रसाद बराल, मानवअधिकार संरक्षण मञ्चका कमल अर्याल छन् ।

कार्यक्रममा संयोजक तिलक आचार्यले सञ्जाललाई सबैको सहयोग र सहकार्यमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । निवर्तमान संयोजक विष्णुप्रसाद बरालले आचार्यको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सबैको भावनालाई समेटेर तटस्थ भइ काम गर्नु पर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...