‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’मा विद्यार्थीको उत्साह

पोखरा, २० भदौ/ उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी आज ‘थर्ड आई

अष्ट्रेलियन एजुकेसन फेयर’ कार्यक्रम सम्पन्न भएको छ । पोखराको चिप्लेढुङगामा रहेको थर्ड आई एजुकेसनले

आफ्नै सेमिनार हलमा कार्यक्रम सम्पन्न भएको प्रवन्ध निर्देशक प्रकाश गैरेले जानकारी दिए । फेयरमा

अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रलियामा उच्च शिक्षाका लागी

अध्ययन गर्न जाने विद्यार्थीहरुलाई काउसिलिङ गरेका हुन ।

‘एउटै ठाउँमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिईएकोले फेयर

उपलब्धीपूर्ण हुनेमा आशाबादी छौ,’ उनले भने, ‘फेयरमा पोखरा क्षेत्रका विद्यार्थीको भिड लागेको थियो ।’

अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा बुझ्नका लागी आज

करिव ४ सय विद्यार्थीको सहभागिता भएको गैरेले जानकारी दिए । फेयरको बैंकिङ पार्टनर एनआइसी एसिया

बैंक रहेको थियो ।

कमेन्टहरु
Loading...