चेकिङमा कास्की प्रहरी प्रमुख एसपी ओम राना

पोखरा, २२ जेठ /कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउन लागेका छन् । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगे । सवारी चेकजांच संगै रानाले सवारी चालकहरु संग प्रहरीले दुःख दिएको नदिएको तथा प्रहरीको क्रियाकलापको बारेमा समेत जानकारी लिए ।

एसपी रानाले मोटरसाइकल चालक र ट्याक्सी चालकहरु संग प्रहरीको आचरणको बारेमा बुझ्दै आफ्ना प्रहरी कर्मचारीहरुलाई पनि आफ्नो प्रहरीको नियमलाई अवलम्बन गरी जनतालाई मर्का नपुग्ने गरी काम कारवाही गर्न निर्देशन समेत दिए ।

चेकिङका क्रममा कुनै पनि प्रहरी कर्मचारीले सवारी चालकलाई दुःख दिन नहुने वताउदै कोही कसैले कुनैपनि ठाँउमा चेकिङको क्रममा सवारी चालकलाई दःुख दिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत एसपी रानाले चेकिङको क्रममा भेटिएका सवारी चालकहरुलाई आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...