दक्षता, कर र नयाँ पदमार्ग खोजी नै मुख्य एजेण्डाः सचिवका उम्मेदवार तिवारी

पोखरा, २० साउन / यती बेला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखरामा आवद्ध व्यावसायीहरुलाई चुनावी चटारो छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखरा पश्चिमाञ्चल क्षेत्रीय संघको १५ औं अधिवेशन तथा २५ औं साधारणसभा साउन २६ गते पोखरामा हुदैछ ।

अधिवेशन मिति नजिकिँदै गर्दा टान पदाधिकारीमा २ वा त्यो भन्दा बढीको उम्मेदवारी परिसकेको छ । यसैक्रममा टानको कार्यसमिति सदस्य तथा तालिम विभागको संयोजक भएर काम गरिसकेका युवा व्यवसायी मीलन तिवारीले सचिव पदमा उम्मेदवारी दिएका छन् । बिगत एक दशकदेखि पोखरामा फोर व्रदर्श एडभेन्चर ट्राभल प्रालि सञ्चालन गरिरहेका तिवारीले विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका छन् ।

उनले तालिम संयोजक भएर कम्पनीहरु र यस क्षेत्रमा काम गर्न इच्छुहरुको हकहितका लागि विभिन्न तालिमहरु आयोजना गर्न सफल भएको बताए । उनले पर्यटनको पदयात्रा क्षेत्रमा विभिन्न खालका चुनौतीहरुको सामना गर्दै, पदयात्रा संरक्षण तथा सुधारका आवश्यकता, पर्यटन विकासको प्रवद्र्धन, व्यावसायिक प्रतिस्पर्धाका कारण देखिएका समस्याहरुको न्युनीकरण एवं पेशागत हकहितको संरक्षण गर्ने उद्देश्य बोकेर सचिबमा उमेद्वारी दिएको बताए ।

उनले सचिब भएमा टानको आगामी कार्ययोजनाहरुलाई पूर्ण रुपमा सफल पु¥याउने, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको समन्वयलाई अगाडि बढाउने, पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग टानकोे भूमिकालाई अझ प्रगाढ बनाउने, पदयात्रा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न पलह गर्ने उनको भनाई छ ।

उनले टान सदस्य तथा तालिम संयोजक हुदाँ विभिनन तालिमहरु सञ्चालन गरेको, सदस्य कम्पनीहरुको व्यवसाय प्रवद्र्धनका लागि कर, लेखा, कार्यालय व्यवस्थापन, इमाकेटिङ टे«निङ, भुटान तिब्बेत टुर सम्बन्धी वर्कसप तथा पुम नेदरल्याण्ड अन्तराष्ट्रिय संस्थासँग दीर्घकालीन रुपमा तालिम प्रदान गर्ने सम्झौता, सञ्चालकहरुलाई बिजनेस म्यानेजमेन्ट तालिम, दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले ३ सय ३२ जनाका लागि १ महिने ट्रेकिङ गाइड तालिम गर्न सफल भएको बताए । उनले सबै साथीको साथ पाएर नै तालिमहरु सफल भएको बताए ।

उनले पदयात्राकै रुटमा मोटरबाटोहरु खोलिएका कारण कुनै छोटा भएका छन् भेन कुनै हराएका छन् । तिनका विकल्पमा नयाँ पत्रमार्गहरु खोजी गर्नु पर्न बताए । ‘अहिलेको कार्यसमितिले पनि केहिखोजी गरेको छ,’ उनले भने ‘नयाँ कार्य समितिले पनि नयाँ नयाँ पदमार्ग खोजी गर्नु पर्ने आवश्यकता छ ।’ उनले पछिल्लो समयमा तीन तहका सरकारले कर लिदा पदयात्रा व्यावसायी अझ मर्कामा पर्ने गरेको बताए ।

कमेन्टहरु
Loading...