पोखरामा सुजुकीको न्यू डिजायर विक्री सुरु

पोखरा, ११ भदौ/सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारीक बिक्रेता बतास ब्रदर्श प्रा.लिले आईतवारवाट पोखरामा सुजुकी न्यू डिजायर कारको विक्री सुभारम्भ गरेको छ ।

नयाँ गाडीमा प्यासेन्जरको सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण मोडेल हरुमा एयर व्याग र ए.वि.एस सिस्टम जडान गरिएको कार्यकारी निर्देशक प्रमेश पराजुलीले जानकारी दिए । कारको बाहिरी लुक्स समेत यो सेगमेन्टको उत्कृष्ट डिजाइन रहेको कम्पनीको दावी छ ।

पुरानो मोडेल भन्दा ४० मि.मि. चाक्लो रहेको हुदा बस्नको लागि आरामदायी रहेको र पुरानोको तुलनामा डिक्की को ठाउ समेत बढाएको हुदा सामान राख्न समेत सहज हुने विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए ।

न्यू डिजायरमा कि लेस इन्ट्री ,डे लाइट ,अटोमेटीक एयर कण्डीसन पछाडी बस्नेको लागि समेत एयर कण्डीसन र २२ किलोमिटर प्रतिलिटर को माइलेज रहेको ढकालले जानकारी दिए । विभिन्न तीन मोडलमा उपलव्ध यसको मुल्य ३० लाख ८९ हजार देखी ३७ लाख ३९ हजारसम्म रहेको छ ।

कमेन्टहरु
Loading...