आइतबार पोखरामा हराएकी किशोरी फेवातालमा मृत फेला

पोखरा, ११ भदौ / पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । पुम्दीभुम्दी स्थित

कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन माविमा १० कक्षामा अध्ययनरत थिइन् ।

राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर वेपत्ता भएकी उनको झोला र मोवाईल

ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी आईतबार दिऊसो साढे ४ बजेतिर घरबाट निस्किएको

परिवारले जानकारी दिएका छन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ ।

नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता

रवीन्द्रमान गुरुङले जानकारी दिए ।

तस्बिर स्रोतः गुगल

कमेन्टहरु
Loading...