पूर्व सभासद् सूर्यबहादुर केसीले पत्रकारिता पुरस्कारका लागि ११ लाख रुपैयाँको अक्षय कोष स्थापना

सागर राज तिमिल्सिना
पोखरा, ३० असार/उद्योगपति एवं पूर्व सभासद् सूर्यबहादुर केसीले बाबु किर्तीबहादुरको स्मृतिमा पत्रकारिता पुरस्कारका लागि ११ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । वर्षेनी कम्तीमा एक पत्रकारलाई नगद एक लाखबाट पुरस्कृत गरिने गरि नेपाल पत्रकार महासंघ कास्की सगँ सम्झौता भएको हो । यो कोष मोफसलकै ठूलो रहेको छ ।

सूर्यबहादुर उनकी श्रीमती प्रेमकुमारीद्वारा स्थापित सूर्य प्रेम समाजसेवा ट्रष्टमार्फत पत्रकारिता पुस्कार सहित बाल प्रतिभा पुरस्कार र महिलो समाज सेवा पुरस्कारको समेत घोषणा गरे । पत्रकारीता पुरस्कार किर्तीबहादुर पुण्यतिथीका अवसरमा प्रत्येक वितरण हुनेछ ।

पूर्व सभासद् सूर्यबहादुर केसीले पत्रकारिता पुरस्कारका लागि ११ लाख रुपैयाँको अक्षय कोष स्थापना
पूर्व सभासद् सूर्यबहादुर केसीले पत्रकारिता पुरस्कारका लागि ११ लाख रुपैयाँको अक्षय कोष स्थापना

किर्तीबहादुर पोखराका पहिलो निर्माण व्यवसायी समेत थिए । बाबुको मेहनतको परिणामले आफु अहिले यहाँसम्म आइपुगेको भन्दै केसीले अहिलेसम्म अन्य क्षेत्रमा सहयोग गर्दै आएकोमा यसपटक पत्रकारिता रोजेको बताए । उनले यस अगाडी धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

ट्रष्टमार्फत संचालन हुने गरी केसीले सानै उमेरमा मृत्यु भएका भाईको सम्झनामा बाल पुरस्कार र सुत्केरी हुने क्रममा ज्यान गुमाएकी बहिनीको सम्झनामासमेत ३ र ३ लाख रुपैयाँको अक्षय कोष स्थापनाको घोषणा गरे । यी दुई पुरस्कार पोखरा र आसपासका क्षेत्रमा वितरण गर्ने बताए ।

कमेन्टहरु
Loading...