धर्म र सँस्कृतीलाई संरक्षण नगरे समाजमा अन्याय, अत्याचार बढ्नेस् सांसद सुर्यबहादुर के.सी

पोखरा, १८ भदौ / सांसद सुर्यबहादुर के.सीले हिन्दु धर्मको संरक्षण आजको आवश्यकता भएको बताएका छन् ।

अन्र्तराष्ट्रिय कृष्ण भावनामृत संघले कृष्ण जन्माष्टमीको अवसरमा पोखरामा आयोजना गरेको कार्यक्रमलाई

सम्बोधन गर्दै उनले धर्म र संस्कृतीलाई राज्यले र्विसिदै जाँदा नेपालको पहिचान नै हराउने बताए ।

अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट प्राणीहरुलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्णको जन्म भएको बताउँदैँ

उनले धर्म र सँस्कृतिलाई संरक्षण नगरे भविष्यमा अन्याय, अत्याचार बढ्दै जाने बताए ।

देशलाई धर्मनिरिपेक्ष राज्य घोषणा गरेसगैँ देशमा धर्म परिवर्तन गर्ने क्रम बढेकोमा चिन्ता व्यतm गर्दै केसीले भने

,धर्म परिवर्तन लाई रोक्नु राज्यको दायित्व हो । उद्योगपति समेत रहेका सांसद केसीले ८० प्रतिशत जनताले हिन्दु

धर्म मान्ने ठाउँमा देशलाई धर्मनिरिपेक्ष बनाएकोमा सबैको चित्त दुखेको बताए ।

कार्यक्रममा अन्र्तराष्ट्रिय कृष्ण भावनामृत संघका संरक्षक गुरु अमुजा कृष्णदासले मानव समाजमा व्यवस्थित

रुपमा अध्यात्मीक ज्ञान वितरण गर्नु ,जिवनशैली बारे शिक्षा दिनु, जिवनको मुल्य मान्यतामा आएका असन्तुलन

समाप्त गर्न विश्वमा वास्तविक एकता र शान्ति कायम हुन पनि शास्त्रको आवश्यकता हुने बताए । उनले भने,हिन्दु

शास्त्र कुनै एउटा धर्ममा मात्रै आधारित नभई विज्ञान सगँ पनि मेल खाने किसीमको रहको बताए ।

संस्थाले कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण लिला, भजन किर्तन, नाचगान र ध्यान गरि भगवान कृष्णको जन्मोत्सव

मनाएको थियो । र सोही अवसरमा समाजमा विभिन्न योगदान गर्ने व्यतिmलाई समेत सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...