स्वतन्त्र शैक्षिक परामर्श सघं गण्डकी प्रदेश गठन

पोखरा, १ पुष / शैक्षिक परामर्शहरुदाताको स्वतन्त्र छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श सघं (फेकोन) गण्डकी प्रदेश समिति गठन गरिएको छ ।
स्वदेश तथा बिदेशमा पढ्न जाने बिद्यर्थीहरुका लागी शैक्षिक परामर्श दिदै आएका कास्की, स्याङजा, म्याग्दी, तनहँुमा सञ्चालित २५ भन्दा बढी शैक्षिक परामर्श संस्थाहरुको भेलाबाट समिति गठन गरिएको हो ।

भेलाले जागृत प्रसाद भट्टराई को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा शुनिल पराजुली, द्वितिय उपाध्यक्षमा सुजन बस्नेत, महासचिवमा बलराम तिमिल्सिना, सचिवमा विश्वप्रकास भुषाल, कोषध्यक्षमा संजय सुबेदी चयन भएका छन् । सदस्यहरुमा राजु गौतम, पुष्पराज तिमिल्सिना सफल, नन्द पाईजा पुन रहेका छन् ।

सो अवसरमा संघका केन्द्रिय सल्लाहाकार सञ्जय घिमिरेले परामर्श दाताहरुको ब्यवसायिता र मर्या्दित सेवा प्रवाहमा माध्यमबाट बिद्यर्थीहरुलाई अधिकतम लाभ प्रदान गर्नू पर्नेमा जोड दिए । कार्यक्रमको सहजिरण गर्दै संघका केन्द्रिय महासचिव भुपाल तामाङ्गले फेकोनले सङख्यामा भन्दा पनी गुणस्तरमा केन्द्रित भएको संस्थाको रुप बताए ।

कार्यक्रममा उपाध्यक्ष द्धय दिपक शिलवाल, पवन मैनाली, सचिब राजु निरौला, कोषाध्यक्ष इन्द्र लामा तथा सदस्य रामचन्द्र ओली लगायतले बोलेका थिए । नवनिर्वाचित अध्यक्ष जागृत भट्टराईले फेकोन अन्य शैक्षिक छाता सङगठनसगँ प्रतिस्पर्धा भन्दा पनि सबैले व्यवसायिक प्रतिस्पर्धा गर्न पाउनु पर्ने मान्यतालाइ आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संजय सुवेदीले स्वागत, सुनिल पराजुलीले प्रगती विवरण र बलराम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...