सुन्दर बजारमा योग शिविर

फाइल तस्बिर

पोखरा, २ जेठ/लमजुङको सुन्दरबजारमा निशुल्क योग शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा जेठ ४ गते देखि ६ गते सम्म शिविर हुने भएको हो ।

स्वास्थ्य जीवन अभियान अन्तर्गत निशुल्क योग शिविर र ६ गते विशषेज्ञ आयूर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक नवीनकिरण भुसालले जानकारी दिए ।

उनका अनुसार आजभोलि नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगको कारणले अकाल मृत्युको दर बढिरहेको सन्दर्भमा योग जीवन शैली व्यवस्थापन र आयूर्वेदको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले शिविरको आयोजना गरिएको बताए ।

शिविरमा बिहान ६ बजे देखि ८ बजे सम्म डा. योगी विकासानन्दको प्रशिक्षणमा दिने कार्यक्रम छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा यो अभियान सञ्चालन गरेको हो ।

कमेन्टहरु
Loading...