सुनगाभाको रौतहट गुजराका बाढी पिडितलाई सहयोग

पोखरा, १० साउन / महिलाहरुमात्र आवद्ध लायन्स क्लव अफ लेखनाथ सुनगाभाको टोलीले बाढी प्रभावित रौतहट जिल्लाको गुजरा नगरपालिकामा पुगेर राहत वितरण गरेको छ ।

क्लवका अध्यक्ष ऋतु पौडेलको नेतृत्वमा बुधबार रौतहट पुगेको टोलीले बाढीबाट पिडित गुजरा नगरपालिका वडा नंं ८ र ९ का ३० घरपरिवारलाई आवश्यक सामाग्री बितरण गरेको हो ।

टोलीले ३० थान पाल, पिफर्म ३० थान, झुल चामल, चाउचाउ, विष्कुट, बच्चाका लागि लिटो, किशोरीका लागि सेनेटरी प्याड लगायतका सामाग्रीहरु वितरण गरेको अध्यक्ष पौडेलले जानकारी दिईन ।

बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको सहकार्यमा राहत वितरण गरेको क्लवका संस्थापक अध्यक्ष मीना भट्टराई भण्डारीले बताईन ।

राहत सहित पुगेको टोलीलाई जिल्ला प्रशासन कार्यालय रौतहटका उपसचिव चेतराज बराल र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक कवित कटवालले सहजीकरण गरेको राहत वितरण कार्यक्रमका संयोजक गंगा मल्लले जानकारी दिईन ।

महिलाले मात्रै नेतृत्व गरेको लायन्स क्लव अफ सुनगाभा यस क्षेत्रबाट राहत लिएर पुग्ने पहिलो क्लव समेत बनेको छ । राहत वितरणका लागि क्लवका प्रथम उपाध्यक्ष गि माया गुरुङ्ग, तृतिय उपाध्यक्ष सत्यदेवी पहारी, सदस्यहरु सावित्रा पौडेल र पदमा गिरी रौतहट पुगेका थिए ।

कमेन्टहरु
Loading...