कुमुदिनीका विद्यार्थीद्धारा खाजा खर्च बचाएर सहयोग

पोखरा, १० माघ /कुमुदिनी होम्स् उच्चमावि गैह्रापाटन पोखरामा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट पैसा बचत गरि असाह्य बालबालिकाहरुलाई सहयोग गरेका छन् । उक्त विद्यालयको कक्षा सातको सेक्सन क,ख,ग मा अध्ययनरत विद्यार्थीहरुले अभिभावकले खाजा खर्चका लागि दिएको पैसा बचत गरि बाटुलेचौरमा रहेको अन्नपूर्ण आत्मनिर्भर बालश्रमका असाह्य बालबालिकालाई शैक्षिक सामग्री,खाद्यान्न र नगद रकम सहयोग गरेका हुन् ।शुक्रबार एक कार्यक्रमका वीच आश्रमका बालबालिकाहरुलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।आश्रमकी संचालिका श्रीमती शारदा बस्नेत तथा बालबालिकाहरुलाई सामुहिकरुपमा सहयोग प्रदान गरिएको हो । कार्यक्रममा कुमुदिनी होम्स्की संस्थापक मीना पालिखे,शिक्षकद्धय भानुभक्त पोखरेल र उमा पोखरेलको उपस्थिति रहेको थियो । आश्रमकी संचालिका बस्नेतले परोपकारका हातहरु बढाइ मन फराकिलो पारेर सहयोग गरेकोमा कक्षा सातका विद्यार्थीहरु तथा विद्यालय परिवारलाई धन्यवाद दिएकी थिइन् । विद्यार्थीहरुले संस्थालाई सकेको सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्तै सामाजिक सेवामा संलग्न हुने अवसर प्रदान गर्न विद्यालयले उत्प्रेरित गरिरहोस् भन्ने चाहना राखेका थिए ।

यसैगरि उक्त विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले व्यवसायिक शिक्षाको अध्ययनको सिलसिलामा विहिबार पशु विकास फार्म लामपाटन पोखराको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनीहरुले भैसी,भेडा,कुखुरा पालन तथा गाई भैसीको चरन बारे स्थलगत र व्यवहारिक ज्ञान हासिल गरेका थिए । सो अवसरमा फार्मका अधिकृत गगन विष्टले विद्यार्थीहरुलाई पशु पालनबारे जानकारी दिएका थिए । विद्यालयको विषयगत आवश्यकता अनुसार धम्पुस,लुम्ले कृषि फार्म, बाग्लुङ, गलेश्वस, गोर्खा, चितवन, लुम्बिनीको भ्रमण गराउनुका साथै पोखरामा रहेका विभिन्न म्युजियमहरुको पनि भ्रमण गराइ स्थलगत ज्ञान हासिल गराउने नियमित कार्यक्रम पनि चलाइएको विद्यालयले जानकारी दिएको छ।

कमेन्टहरु
Loading...