सोनाम ल्होसारको अवसरमा दृष्टिबिहिनलाई सहयोग

पोखरा, ११ माघ/ २८५६ औं मञ्जुश्री संवत सोनामल्होसारको अवसरमा बैदामतामाङ्ग सेवा समाजले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले निर्मार्ण गरेको रिञ्छिनतोर्जेट तामाङ्ग शान्ती गुम्वामा आयोजित शुभकामना कार्यक्रममा बैदाम तामाङ्ग सेवा समाजमा आवद्धतामाङ्ग समुदायको उपस्थिती रहेको थियो ।

समाजका अध्यक्ष ज्याकतामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा दुष्टिबिहिनहरुलाई ल्होसारको सन्दर्भमा सेतो छडीतथा रु १० हजार सहयोग प्रदान गरिएको थियो । रु ५ हजार बैदामतामाङ्ग सेवा समाजको तर्फ बाटप्रदानगरिएको थियो भने रु ५ हजार हालै सम्पन्नमिस तामाङ्गपोखरा २०२० काविजेता शशिकला तामाङ्गले व्यक्तिगतप्रदान गरेका थिए । अपाङ्गमैत्री संघ कास्कीलाई उक्त सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग गण्डकीका अध्यक्ष हरिजंग तामाङ्गले ल्होसार एकताको चाडभएको बताए । उनले भाषा र संस्कृतिले नै जातीको अस्तित्व बचाइराख्ने हुँदायसको जगेर्नाकालागि सबै तत्पर हुनुपर्ने बताए । समाजका अध्यक्ष ज्याक तामाङ्गले समाजले तामाङ्ग समुदायको भाषा र संस्कृतिको जगेर्ना मात्रै होइन पर्यटकिय नगरी पोखरामा पर्यटकलाई आकर्षितगर्न गुम्वातथाध्यान केन्द्र निर्माण गरेको सुनाए । उनले ल्होसारले सम्पुर्ण नेपालीलाई एकताको सुत्रमाबाँधी राखोस भनी शुभकामना दिएका थिए ।

हेल्पिङ्गह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चिनबाट फैलिएको कोराना भाइरसका बारेमा बोलेका थिए । उनले यस संक्रमण, लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराएका थिए । उनले ल्होसारको शुभकामना दिंदै सबैको सुस्वास्थ्यको कामना गरे । मिस तामाङ्ग पोखरा शशिकला तामाङ्गले युवा पुस्तामा साँस्कृतिक जागरणको आवश्यकता रहेको बताइन् । कार्यक्रम संचालन समाजका उपाध्यक्ष जयन्ती मोक्तानले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...