कास्कीबाट ११ हजार बढिले एसएलसी परिक्षामा सहभागी, दृष्टिविहिन ११, सुस्त श्रवण १२ सहभागी

पोखरा, २ असार/एसएलसी परिक्षाको नतिजा आज हुदैछ । कास्कीमा यस वर्ष ११ हजार ७ सय ८२ परीक्षार्थीले परीक्षा दिएका थिए ।  कास्कीका ३० परीक्षा केन्द्र तथा कारागार र वाल सुधार गृह गरी दुई उपकेन्द्रबाट ११ हजार ७ सय ८२ परीक्षार्थीले परीक्षा दिएका छन् ।

परीक्षामा दृष्टिविहिन ११, सुस्त श्रवण १२ , वाल सुधार गृहमा रहेका १२ र कारागारमा रहेका ३ जना परीक्षार्थी सहभागी थिए । कास्कीमा ३० वटा केन्द्रको लागि ३० जना केन्द्राध्यक्ष, ५५ जना सहायक केन्द्राध्यक्ष , निरिक्षक ५ सय ६५, सहयोगी २ सय ५५ र सुरक्षाकर्मी २ सय १० जना खटिएका थिए ।

एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धतिमा परिक्षा फल प्रकासीत हुदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।

कमेन्टहरु
Loading...