सिद्धेश्वरमन्दिर बैदाममा कार्तिक महात्म्य ज्ञान महायज्ञ जारी

पोखरा, २१ कात्तिक / बैदाम शन्तिपथको आयोजनामा कार्तिक महात्म्य संगितमय ज्ञान महायज्ञजारी छ । आइतबार देखी संचालनमा रहेको महायज्ञमा भक्तजनहरुको उल्लेख्य मात्रमा वृद्धि भएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ र वडा नं ७ को सिमाना शान्तिपथमा रहेको सिद्धेश्वर मन्दिरमा शनिबार सम्म चल्ने र महायज्ञको चौथो दिन बुधबार सम्म करिब २ लाख ३० हजार रुपैया संकलनभएको कोषाअध्यक्ष लक्ष्मी पहारीले जानकारी दिए ।

महायज्ञमा पोखरा महानगरपालिका वडा नं ६ ले ५० हजार, मितेरी नारी समुहले बैदामले २१ हजार, मुक्तिनाथ विकास बैकं बैदाम शाखाले १२ हजार ५ रुपैया र बैदाम द्रष्ट्रि मार्ग निवासी रामकुमार कार्कीले ११ हजार १ सय ११ रुपैया दान गरेको सदस्य शिवजि कुवँरले जानकारी दिएका छन् ।

कार्तिक १७ गते देखी २३ गते सम्म संचालन हुने महायज्ञको प्रमुख अतिथि केदारेश्व महादेव मन्दिर बैदामका अध्यक्ष तथा पिठाधीश डा. श्री लेखनाथ आर्चायले कार्यक्रमको उद्घाटन गरेका थिए ।

सात दिन सम्म संचालनमा रहने महात्म्य संगितमय ज्ञान महायज्ञको दिग्दर्शक बाचन, शिरोमणी पं दिपक प्रसाद सापकोटाले कथा वाचन गर्दै, भक्तजनहरुलाई भजन मार्फत नाचगान सहित मनोरञ्जन प्रदान गरेका छन् ।

हरिबोधनी एकादशीलाई लक्षित गरि महात्म्य ज्ञानको आयोजना गरिएको र अध्यक्ष रत्न बहादुर ठकुरीले जानकारी दिए ।

सिद्धेश्वर मन्दिरको प्राङ्गणमा भएको महायज्ञमा करि १० हजार भक्तजनहरुको सहभागिता रहने विश्वासआयोजको रहेको छ ।

कमेन्टहरु
Loading...