सिद्ध बराह तपोवन सन्यास आश्रमको नयाँ कार्यसमिति चयन

पोखरा, १७ असोज/ पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रमको तेस्रो महाअधिवेसनले स्वामी निशेषानन्दको

अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमित निर्विरोध चयन भएको छ । समितिको उपाध्यक्षमा हरिप्रसाद भण्डारी र सहउपाध्यक्ष्यमा

भिम सुवेदी, महासचिबमा हरिलाल पौडेल, सचिबमा जीवन कुमार सुनार, कोषाध्यक्षयमा देविलाल भण्डारी चयन भएका छन् ।

त्यसै गरि सदस्यहरूमा सूर्यदेवि कुँवर, खेम दाहाल, मेघनाथ पराजुली, कमला अधिकारी र खेमराज भण्डारी चयन भएका छन् ।

पदभार ग्रहण सँगै समितिका उपाध्यक्ष हरिप्रसाद भण्डारीले संस्थाको विकासको लागि सबैसँग सल्लाह सुझाब लिंदै अगाडी बड्ने बताए ।

त्यस्तै महासचिव हरिलाल पौडेलले सिद्ध बराहको विकास सँगै यसको प्रचार प्रसार गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन

बढ्ने बताए । तेस्रो अधिवेसन तथा छैटौं साधरण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका वडा नम्बर २३ का वडा अध्यक्ष

विण्णु प्रसाद पराजुली सिद्धबराह ऐतिहासिक महत्व बोकेको धार्मिक स्थल भएकोले यसको संरक्षण सम्बर्धन र प्रचार प्रसार गर्न आवश्य

रहेको बताए । उनले धार्मिक रुपमा महत्वपुर्ण स्थान भए भएपनि प्रचार प्रसारका कारण ओझेलमा परेकाले प्रचार प्रसारमा सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रय उपाध्यक्ष वेदनिधी शर्मा, महर्षी फाउण्डेसन गण्डकी प्रदेशका निर्देशक शिबप्रसाद पौडेल, प्रेमप्रसाद

पराजुली, गोपालप्रसाद भण्डारी, भरतराज भण्डारी, कलाधर भण्डारी, टंकप्रसाद पराजुली लगाएतले महत्वलाई बुझेर सबैले संरक्षण प्रचार

प्रसारमा लाग्नु पर्ने बताएका थिए । स्वामी निशेषानन्द महाराजको सभापतित्वमा भएको कार्यक्रममा गंगाधर चापागाईले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...