श्रीया हत्याप्रति महानागरका काबा प्रमुखको ध्यानाकर्षण

पोखरा ११ असोज/पोखरा महानगरपालिका वडा नम्वर २२ पुम्दीभुम्दीकी १० वर्षीय बालिका श्रीया सुनारको

बलात्कारपछि हत्या गरिएको घटनाप्रति महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले गम्भिर ध्यानाकर्षण

भएको जनाएकी छन् ।

काबा प्रमुख गुरुङले विहिबार एक विज्ञप्ति जारी गदै घरबाट विस्कुट किन्न पसल गएकी बालिका सोमबार साँझ

घर नफर्किएको र त्यसको भोलिपल्ट मृत फेला परेको घटनाले अन्यत्तै मर्माहत बनाएको बताएकी छन् ।

‘घटनाले परिवारजनमा परेको अह्सय पीडाप्रति समवेदना प्रकट गर्दछु ’गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको

छ । उनले बालिका हत्याका आरोपित पक्राउ गर्न कास्की प्रहरी सफल भएको बताउदै हत्याका आरोपितलाई

कानुन बमोजिम कार्वाहीका लागि कुनै कसर बाँकी नराख्ने समेत स्थानिय सरकारको प्रमुखको तफर्ःबाट

विश्वास दिलाउन चाहान्छु विज्ञप्तिमा भनिएको छ ।

उनले पछिल्लो समय बालिकाहरु बलात्कृतसंगै मृत अवस्थामा भटिनुले सुरक्षा चुनौती बढेको बताउदै समाजमा

बढेका बलात्कार र हत्याका घटनाप्रति सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै यस्ता घटना दोहोरीन नदिने

तर्फ सचेत हुन सवैलाई अपित गर्दछु विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...