पोखराको लेकसाइडमा मुक्तेश्वर शिव मन्दिर

पोखरा, २७ साउन /पोखरा महानगर पालिका पोखरा ६ बैदाम स्थित पधेरोमा रहेको नव निर्मित मुक्तेश्वर शिव मन्दिर शिवधामको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले मन्दिर सहित पधेरो बहुउद्देश्यीय भवनको उद्घाटन गरेका हुन । शिव जिको जन्म महिना र जन्म बार पारेर मन्दिरको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले उद्घाटन गर्दै, बर्तमान अवस्थामा हिन्दु धर्ममाथि विभिन्न जात जातिबाट प्रहार भइरहेको अवस्थामा शिव मन्दिरको स्थापना गरेको खुशि ब्यक्त गरेर ।

उनले भगबान शिवले जसरी आफ्नो परिवारमा शिवको बहान सर्प र छोरा गणेशको बहान मुुसो लाई जसरी मिलाएर राखेको छन तैसैगरी हामी हिन्दु धर्मका पारखीहरुले पनि समाजमा भगबान शिबको अनुसरण गर्नु नै हिन्दु धर्मको महिमा रहेको बताउदै हामी हिन्दु धर्मालम्वीहरु प्नि यसै गरी बस्न आग्रह गरेको छन ।

हिन्दु धर्म भनेको सर्वे भवन्तु सुखिन भन्ने मन्त्र पेरित रहेको कुरामा जोड दिदै हिन्दु धर्मले बिश्वमा रहेका सम्पूर्ण जात जाति र धर्मलाई समान रुपले हेरेको बताएका छन ।

अस्तब्यस्त रुपमा रहेको पधेरोको उक्त क्षेत्रलाई स्थानिय यूवाहरु संगठित भई संघ संस्थाहरु सहित बिभिन्न ब्यक्तिहरु संग आर्थिक र जिन्सी समान संकलन गरि उक्त क्षेत्रमा शिव मन्दिर सहित बहुउद्देश्यीय भवनको स्थापना गरिको हो ।

उक्त कार्यक्रममा सहयोग गर्नु हुने संघ संस्था ब्यक्तिहरुलाई समान सहित सम्मान पत्रले सम्मान गरिएको थियो । संस्थाका कोषाअध्यक्ष जगनाथ कोइरालाले संस्थाको आर्थिक प्रतिबेदन बाचन गर्दै अहिले सम्म २४ लाख १ हजार २४ रुपैया मन्दिर निर्माण कार्यक्रममा खर्च भएको जानकारी दिदै संस्थामा ५६ हजार बचत रहेको बताएका छन ।

संस्थाका अध्यक्ष महेश्वर अधिकारीको सभाअध्यक्षमा भएको कार्यक्रममा सल्लाहकार देबप्रकाश कोइरालाले स्वागत मनतब्य गरेको कार्यक्रममा सल्लाहकार गिरिराज अधिकारी, जगदम्बा आमा समुहकी अध्यक्ष दुर्गा पहारी, समाजसेबीहरु मगंंलबहादुर नेपाली, गणेश ढकाल, नेत्रपाण्ी न्यौपाने पन्डितहरु इन्द्र पौडेल, अग्निधर तिमिल्सिना, जग्गा दाता राजेन्द्र कोइरालाले लगाएतका बक्तहरुले बर्तमान अबस्थामा समाजिक कार्य गर्ने युवाहरु समाजमा पाउनै मुशकिल रहेको बताउदै बर्तमान अवस्थामा युवाहरु संगठित भई राम्रो कार्यको थालनी गरेकोमा खुशि ब्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...