‘श्रीपति समाजसेवा पुरस्कार’ माइती नेपाललाई

पोखरा, २७ असार / श्रीपति कोइराला गुठी पोखराले ‘श्रीपति समाजसेवा पुरस्कार’बाट माइती नेपाललाई प्रदान गर्ने भएको छ ।

पुरस्कार प्रत्येक वर्ष नेपालको समाज सेवाका साथै मानवीय क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्व वा सस्थालाई प्रदान गर्ने गरी यसवर्षबाट पुरस्कार स्थापना भएको हो ।

२१३ औं श्रीपति जयन्तीको आवसरमा शनिबार पोखरामा पत्रकार सम्मेलन गरी माइती नेपालले दिने घोषणा गरेको गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए ।

पुरस्कार प्रदान गर्नका लागि गुठीले श्रीपति समाजसेवा पुरस्कार छनोट नियमावली यसअघि नै तयार भएको र सोही नियमावली अनुसार माइती नेपाललाई पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

पुरस्कार संस्थाको आगामी साधारण सभाका अवसरमा प्रदान गरिनेछ । माइती नेपालले मानव वेचविखन, यौन दूराचार र घरेलु हिंसामा परेका महिलाहरूको उद्धार, सहयोग, आश्रय, शिक्षा र सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएका छन् ।

गुठीका अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष हेरम्व प्रसाद कोइराला, वर्तमान उपाध्यक्ष फडिन्द्रराज कोइराला र सचिव नवराज कोइरालाले श्रीपति कोइरालाका बारेमा जानकारी दिएको थियो ।

वि.सं. १८६४ असार २७ गते कास्कीको पोखरास्थित गैह्रापाटनमा जन्मिएका श्रीपति १९२६ मा निधन भएको थियो । श्रीपतिले विक्रम संम्बद १८९० सालमा कास्कीको महेन्द्रपुल १२ रोपनी र विक्रम सम्बद १८९९ मा पर्वतमा ४० रोपनी जग्गा खरिद गरेर धर्मशाला निमार्ण गरेका थिए ।

कमेन्टहरु
Loading...