यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि मानबअधिकार तालिम

पोखरा १५ पुष । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको दुई दिने मानबअधिकार सम्बन्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । दक्षिण एसियाली सिमान्तकृत यौनिक तथा लैङ्गिकताको मानबअधिकार सञ्जाल संगको सहकार्य तथा निलहिरा समाज र यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघद्धारा आयोजित तालिम मंगलवार सम्म चल्नेछ ।

तालिममा पश्चिमाञ्चल र मध्यमाञ्चलका बिभिन्न जिल्लामा मानबअधिकारको क्षेत्रमा कार्यरत ३० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सहभागिता छ । तालिममा मानबअधिकारका बिभिन्न पक्षको बारेमा प्रशिक्षण दिईने बताईएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि सबैभन्दा बढी मानबताबिरोधी कार्यहरु हुने भएपनि मानबअधिकार सम्बन्धि ज्ञानको अभाब रहेकाले तालिमको आयोजना गरिएको अधिकारकर्मी भूमिका श्रेष्ठले बताईन् ।

दक्षिण एसियाली सिमान्तकृत यौनिक तथा लैङ्गिकताको मानबअधिकार सञ्जालका अध्यक्ष मनिसा ढकाल , उपाध्यक्ष सञ्जय शर्मा र दुर्गा थापा लगायतले मानबअधिकार उल्लघंनको घटना, अभिलेखिकरण, वकालत लगायतका बिषयमा प्रशिक्षण दिने कार्यक्रम छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आफ्नै घरपरिवार र समाजबाट हुने गरेको बिभेद मानबअधिकार मैत्री नभएको श्रेष्ठले बताईन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि हुने मानबअधिकार उल्लघंनको घटनाको बारेमा वकालत र अभिलेखिकरणको लागि तालिम फलदायी हुने अपेक्षा गरिएको छ । यसअघि यस्तै तालिम कैलालीको टिकापुरमा सञ्चालन गरिएको थियो ।

कमेन्टहरु
Loading...