गाउँमा भएको विज्ञान प्रर्दशनीमा उत्साह जनक सहभागीता

पोखरा, २४ भदौ/पोखराबाट करिब ९ किलो मिटर टाढाको गाउँको विद्यालयमा भएको विज्ञान प्रर्दशनीमा विद्यार्थीको उत्साह जनक सहभागीता भएको छ । ३७ औ शिक्षा दिवसको अवसरमा कास्कीको चापाकोट गासिव ७ मा नौविसेमा रहेको सिद्ध बराह माविमा भएको विज्ञान प्रर्दशनीमा विद्यार्थीले बनाएका विज्ञानका सामग्री हेरेर अविभाव पनि दंग परे ।

विद्यार्थीले मोटरबोट, धाराको पानीबाट विद्युत उत्पादन, डोजर, हाइडोलीक पिकप भेन, पंखा, सोलार कार, जिब वर्गिकरण, पैसा छाप्ने मेसिन, पानी तान्ने पम्प लगाएतका बनाएर प्रर्दशनीमा राखेका थिए । ७ वटा विद्यालयका विद्यार्थीले भाग लिएको प्रतियोगितामा ३७ वटा स्टलमा विज्ञानका सामग्री विद्यार्थीले प्रर्दशन गरे । अन्य प्रर्दशनीमा भाग लिएका अन्य विद्यालयलाई पछिपार्दै शान्ता मावि भकुण्डे पहिलो भयो ।

गाउँमा भएको विज्ञान प्रर्दशनीमा उत्साह जनक सहभागीता
गाउँमा भएको विज्ञान प्रर्दशनीमा उत्साह जनक सहभागीता

पहिलो हुदै शिल्ड र प्रमाणपत्र जित्न सफल भयो । त्यसै गरि सिद्धबराह मावि, माझथुम दोस्रो र कालिका मावि मान्दे्रढुङ्गा तेस्रो भए । दोस्रो र तेस्रोले पनि शिल्ड र प्रमाणपत्र जित्न सफल भए । कार्यक्रममा स्रोत व्यक्ति तथा मुल्यङकन समितिका संयोजक सेतिमाया पराजुली, विद्यालयका प्रधानध्यापक बद्रिनाथ पराजुली, कार्यक्रम संयोजक टिकाराम गौतम, शिक्षक प्रेमप्रसाद पराजुली लगाएतले विज्ञान प्रर्दशनीले विद्यार्थीको सिकाइमा प्रभावकारीता आउनेमा जोडेदिएका थिए ।

विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले विज्ञान प्रर्दशनीको आयोजना गरेको सिद्धबराह माविका प्रधानध्यापक बद्रिथान पराजुलीले बताए । उनले विद्यालय स्थापनाको २९ वर्षमा पहिलो पटक विज्ञान प्रर्दशनीको आयोजना गरेको बताए । उनले आगामी वर्षमा पनि निरन्तरता दिदै जाने बताए ।

कमेन्टहरु
Loading...