संविधान निर्माणका लागि सञ्जालले खबरदारी गर्ने

पोखरा, २४ माघ /संविधान निर्माणको लागि शान्तिका लागि नागरिक समाजले सभासद र राजनीतिक दलहरुलाई खबरदारी गर्ने भएको छ । शुक्रबार बसेको बैठकले दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको तीन महिना विति सक्दा समेत राजनीतिक दल र सभासदहरु सत्ता मोहमा केन्द्रीत भएकोप्रति चिन्ता व्यक्त गर्दै खबरदारी सहितका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सहभागीहरुले संविधान सभाको चुनौति के–के छन् ? त्यसबारे सरोकारवाला निकायवीच सम्वाद तथा छलफल चलाएर समस्या समाधानको बारेमा पहल गर्नु पर्नेमा जोड दिए । त्यसैगरी राष्ट्रियताको बारेमा पनि राज्य, राजनीतिक दल र सभासदको ध्यानाकर्षण गराउने पर्ने बताए ।
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि पनि राजनीतिक दलहरुले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरुका बारेमा सचेत गराउने ,राजनीतिक दलहरुलाई संविधान निर्माण प्रक्रियामा जिम्मेवार, सचेत र जागरुक गराउन विभिन्न खवरदारीमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

 शान्तिका लागी नागरीक सञ्जालको बैठक
शान्तिका लागी नागरीक सञ्जालको बैठक

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महतले मानवअधिकारको वर्तमान अवस्था र संविधान निर्माण प्रकृयाका बारेमा सरोकारवाला निकायवीच सहकार्य र समन्वय गरेर अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक तिलक आचार्यको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ मावनअधिकार तथा सञ्जालका पूर्व संयोजकहरु टेकनाथ बराल, नवदत्त ढुङ्गाना, खगराज आचार्य, सुरेन्द्र थापामगर, विष्णुप्रसाद बराल, कास्की जिल्ला बार एशोशिएसनका अध्यक्ष पदमपाणि देवकोटा, गैसस महासंघका केन्द्रीय सदस्य रामप्रसाद सुवेदी, सुशासनका लागि नागरिक समाजका अध्यक्ष पुण्य पौडेल, कम्युनिटी सपोर्ट गु्रपका माया गुरुङ, सह–संयोजक नन्दकला नेपाली, लगायतले विभिन्न विषयमा छलफल गरेका थिए ।

कमेन्टहरु
Loading...