संसाद र व्यासायीलाई पैसा माग्दै हत्याको धम्की दिने ४ जना सार्वजनीक

सागर राज तिमिल्सिना
पोखरा, १८ माघ/संसाद तथा व्यासायीलाई सगँ ठुलो रकम माग गरि नदिए हत्या गर्ने धम्की दिने चार जनालाई कास्की प्रहरीले बिहीबार सार्वजनीक गरेको छ । घर जग्गा व्यापारी कालु गुरुङ, कास्की क्षेत्र नम्बर २ ख का सांसद तथा व्यासायी विन्दुकुमार थापा र बोधराज गिरी सगँ ठुलो रकम माग गरी नदिए ज्यान मार्ने धम्की दिने ४ जना पक्राउ गरि सार्वजनीक गरेको हो ।

प्रहरीले मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ भन्ने शंकर सहित अन्य ३ जनालाई सार्वजनीक गरेका हुन् । उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए ।

पक्राउ पर्नेमा स्याङजा फेदी खोला घर भई हाल पोखरा ६ जरेवर बस्ने २६ वर्षिय अमृत खड्का, सोही ठाउँका २३ बर्षिय शिब कार्की र पर्वत कुस्मा १० घर भई पोखरा ६ जरेवर बस्ने २७ बर्षिय रामु सुबेदी पक्राउ गरेको हो । उनीहरुले कालु गुरुङ सगँ १० करोड रुपैया, विन्दुकुमार थापा सगँ २ करोड रुपैया रकम माग गरेका थिए ।

उनीहरुलाई मनोज पुन बोलेको भन्दै भारतबाट र मनोज पुनको मान्छे भन्दै नेपाली नम्बरबाट फोन गरि धम्की दिने गरेको सिंहले बताए ।
विन्दुकुमार थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पुस १५ देखि निरन्तर धम्की दिएका थिए । दिनमा ५ पटकसम्म फोन गरेर धम्की दिने गरेका थिए ।

कमेन्टहरु
Loading...