साइनिङ्ग स्टारमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

पोखरा,२४ फाल्गुन /पोखरा महानगर पालिका वडा न ६ मा अवस्थित साइनिङ्ग स्टार आवासिय माविको अभिभावक भेला सहित बार्षिक पुरस्कार वितरण एवं साँस्कृतिक कार्यक्रम सम्पन्न विहिबार सम्पन्न भएको छ । कार्यक्रमको शिक्षाविद्ध तथा साहित्यकार डा. गेहेन्द्रमान उदासले एक समारोहका विच उद्घाटन गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै उदासले आजका बालबालिकाहरुलाई मानसिक, आर्थिक र ब्यबहारी ज्ञान आवश्यकता रहेको बताए । ‘आजका बालबालिकाहरु भोलीका राष्ट्र सेवक भएर समाज, गाउँ र राष्ट्रको सेवा गर्नेछन्’– उनले भने । उदासले विद्यार्थीहरुलाई ब्यवहारी ज्ञान दिनुपर्नेमा जोड दिए ।समारोहमा नर्सरी देखी कक्षा ९ सम्म विभिन्न विधामा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका अभिभावक, शुभ–चिन्तक, सल्लाहकार विष्णुहरी अधिकारी, पत्रकार गणेश पहारी, विनोद लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरुले विभिन्न साँस्कृती नृत्यका साथै आ–आफ्नों कला प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पाण्डेले विद्यार्थीहरुको बौद्धिक एवं शारीरिक विकासका लागि विद्यालयले पढाइसंगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि संगसंगै लगेको बताए । विद्यालयका सह–प्रधानध्यापक बबिता भन्डारीले सञ्चालन गरेको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका सदस्य फत्तबहादुर थापा लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए । उनीहरुले आजसम्म विद्यालयका गतिविधी उत्कृष्ट भएको बताउँदै आगामी दिनहरुमा समय सान्दर्भीक बन्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...