सार्कमा खटिएको प्रहरीलाई झाडा पखला, खाना राम्रो नहुदा ५० जना विरामी

सागर राज तिमिल्सिना
पोखरा, ४ चैत /दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठकको सुरक्षाका लागि खटिएका प्रहरी विरामी परेका छन् ।

परराष्ट्रमन्त्रालले खानाको व्यवस्था गरेको होटलको खानाले प्रहरीहरुलाई पखला लागेको हो । परराष्ट्रमन्त्राले प्रहरीलाई कार्यक्रम भएको होटल ग्रान्ड भन्दा अन्यत्र नै खानाको व्यवस्था गरेको थियो । खानाका कारण प्रहरीहरुलाई पखला चल्दा ५० भन्दा बढि सुरक्षा कर्मिलाई पखला लागेको प्रहरीका एक अधिकृतले जानकारी दिए ।

उनले १ सय जना जतिलाई परराष्ट्रले खानाको व्यवस्था गरेको बताउदै खाना राम्रो नहुदा आधा जतिलाई पखला चलेको उनले बताए । २४ सै घण्टा खटिनु पर्ने प्रहरीलाई परराष्ट्रले खानाको व्यवस्था गरेको हो तर राम्रो खानाको व्यवस्थापन अधिकृतले भने । उनले पखला लागे पनि औधषी खादै खटिएको बताए ।

कमेन्टहरु
Loading...