कास्कीको रुपाताल पौडी खेल्नेक्रममा डुबेर एक मृत्यु

पोखरा, १४ चैत /कास्कीको रुपातालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रुपा गाँउपालिका वडा नम्वर ६ का २६ बर्षिय अंकित लामाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथीहरु सगँ रुपातालमा पौडी खेल्ने क्रममा उनी डुबे पछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाका बारेमा अनुसन्धान भईरहेको बताएको छ ।

कमेन्टहरु
Loading...