बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर थापा सम्मानित

पोखरा २० साउन/बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार–२०७३ बाट पत्रकार रुद्र वहादुर थापा सम्मानित भएका छन् । पोखरा एक्सप्रेस पत्रिकाका संस्थापक प्रकाशक तथा प्रधान सम्पादक स्वर्गिय बालकृष्ण उग्रताराको स्मृति प्रत्येक वर्ष पुरस्कार वितरण हुदै आएको छ ।

बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर थापा सम्मानित
बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर थापा सम्मानित

थापालाई प्रेस स्वतन्त्रताका सेनानी केशबराज पराजुलीले नगद २० हजार १ सय ११ रुपैया, सम्मानपत्र र दोसल्लाले सम्मान गरे । परिवारद्धारा स्थापित र पत्रिकाद्धारा संचालित पुरस्कार थापालाई पत्रकार तिलक पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

१५ बर्ष देखि पत्रकारिता गरेका पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोलानाथ शर्मा कास्कीका नवराज सुवेदी र नारायण कार्की सम्मानित भैसकेका छन् । थापा मगर पत्रकार कास्कीको अध्यक्ष हुन् ।

कार्यक्रममा पुुरस्कृत ब्यक्तित्वको बारेमा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद वास्तोला, स्व। वालकृष्ण उग्रताराको बारेमा पत्रकार नवराज सुवेदी, बानका उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवाली सम्मानीत व्यक्ति तथा स्वर्गिय उग्रताराको बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...