रोटरी क्लब अफ पोखरा मिडटाउनको अध्यक्षमा पोखरेल

पोखरा, ४ साउन / रोटरी क्लब अफ पोखरा मिडटाउनको सन् २०१८÷१९ को अध्यक्षमा सन्तोष पोखरेल निर्वाचित हुनुभएको छ ।
क्लबको प्रेसिडेन्ड इलेक्टमा विनोद हेइजु, निवर्तमान अध्यक्ष महेन्द्र गोदार, उपाध्यक्षमा दीलिप शर्मा, महासचिवमा सूर्यनारायण बराल, कोषाध्यक्षमा सोनी ढेवाजु, सचिवमा शान्ति श्रीस र डाइरेक्टरहरूमा श्रीमान् गुरुङ, पुरन कुँवर, मुना वास्तोला, संगीता तिमल्सिना, विष्णु गुरुङ हुुनुहुन्छ ।

त्यस्तै बैठक व्यवस्थापकमा कुसुम गुरुङ, सम्पादकमा कौशल्या गुरुङ, क्लबका प्रशिक्षकमा रामचन्द्र पौडेल र केशव आचार्य हुनुहुन्छ भने नयाँ सदस्यको सहजीकरणका लागि माइकल कर्माचार्य र हेमराज बराल चयन हुनुभएको छ । क्लबको नव निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रमुख अतिथि एवम् डिष्ट्रिक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले एक आपसको समन्वय एवम् अनुभव आदानप्रदानले व्यक्ति व्यक्ति मात्र नभइ समाज र राष्ट्रमा योगदान पुग्ने बताउनुभयो ।

विशेष अतिथि विकल शेरचनले सकारात्मक सोचबाट मात्रै समाज परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले ध्यान, योग साधनाका माध्यमबाट सकारात्मक भावना जागृत गर्न सकिने उल्लेख गर्नुभयो । क्लबका नव निर्वाचित अध्यक्ष सन्तोष पोखरेलले व्यक्ति, घर एवम् समाजको परिवर्तनका लागि सकारात्मक सोच र चिन्तन अपरिहार्य भएको बताउनुभयो । सामाजिक सेवाका विभिन्न क्षेत्रमा नव निर्वाचित क्लबको कार्यसमिति कृयाशिल बन्ने उहाँले बताउनुभयो ।

उहाँले पोखरा र वरिपरिका सम्पुर्ण रोटरि क्लब मिलि सयुक्त कार्य गर्नुपर्ने र यो वर्ष सोही अनुसार अगाडी बढ्ने धारणा राख्नुभयो ।
समाजका विभिन्न विधामा सफल, सहयोगी एवम् उदाहरणीय व्यक्ति रोटरीयन बन्न सक्नेमा जोड दिदै उहाँले सामजिक सेवामा मात्र नभै राष्ट्रको नीति निर्माणमा पनि संलग्नता जनाउनुपर्ने बताउनुभयो । क्लबका निबर्तमान अध्यक्ष इ महेन्द्र गोदारले आफ्नो कार्यकालमा भएका गतिबिधी प्रस्तुत गर्दै आगामी दिनमा अझ सर्भिस प्रोजेक्टमा लाग्नु पर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा समाजमा आफ्नै पहलमा उदाहरण्ीय काम गर्नुहुने सरोज अधिकारिलाई सम्मान गरिएको थियो ।  विदेशको जागिरलाई छोडेर नेपालमै फर्की गाई फर्म सञ्चालन गरी सफल व्यावसायिक बनेका उहाँ नेपाल सरकारबाट समेत सम्मानित भैसक्नु भएको छ ।
कार्यक्रमममा रोटरियनका एसइईदेखि स्नातक तहसम्मकाविभिन्न तह र विषय उत्तिर्ण छोराछोरीलाई सम्मान गरिएको थियो ।

संयुक्त राष्ट्र संघको स्थापनामा पहलका साथै पोलियो उन्मुलन अभियान जस्ता कार्यमा रोटरीले गरेको योगदानलाई महत्वका साथ हेर्ने गरिन्छ । सन्तोष पोखरेलको सभापतित्व एवम् उपेन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष श्रीमान गुरुङ, कार्यक्रम संयोजक पुरन कुँवर लगायतले पनि बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...