रिजनल हस्पिटलमा ८१ जना बच्चाको निशुल्क उपचार

कृष्ण आचार्य , पोखरा, २३ पुस /पोखराको जीरो किलोमिटरमा रहेको रिजनल हस्पिटल प्रालीमा बालरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शनिवार अस्पताल प्राङ्गणमा सम्पन्न बालरोग सम्बन्धी स्वास्थ्य शिबिरमा बालरोग बिशेषज्ञ डाक्टर यज्ञराज सिग्देलले ८१ जना बच्चाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेका छन् । शिविरमा ३० जना बिरामी बच्चाहरुको निशुल्क ल्याब परिक्षण, २० जनाको निशुल्क एक्स रे गरिएको अस्पतालका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

रिजनल हस्पिटलमा ८१ जना बाच्चाको निशुल्क उपचार

अस्पतालले शुभारम्भको अवसरमा बिभिन्न रोगसँग सम्बन्धित निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको थियो भने पछिल्लो क्रममा गाऊँ गाऊँमा समेत बिभिन्न संस्थाहरुसंगको सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ । निशुल्क स्वास्थ्य शिबिरको शुभारम्भ गर्दै बालरोग बिशेषज्ञ डाक्टर यज्ञराज सिग्देलले आगमी दिनमा पनि निशुल्क स्वास्थ्य शिबिरलाई जारी राख्ने बताए । यस्ता निशुल्क स्वास्थ्य शिबिरले गरिबीको रेखामुनी रहेका जनताले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने उनको भनाई छ ।

अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ । आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु प्रदान गरीरहेकोे हस्पिटलका व्यस्थापक अर्जुन शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...